अमेरिकी विदेशमन्त्रीद्वारा सहकार्यका लागि आह्वान « Khabarhub

अमेरिकी विदेशमन्त्रीद्वारा सहकार्यका लागि आह्वान


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मध्यपूर्वमा सहकार्यको नयाँ युगको आह्वान गरेका छन् । ६० भन्दा धेरै विदेशमन्त्री तथा कुटनीतिज्ञबीच पोल्याण्डको राजधानी वार्सामा भएको सम्मेलनका क्रममा कुनै पनि मुलुकले मध्यपूर्वको समस्या एक्लै समाधान गर्न नसक्ने भन्दै सहकार्यका लागि आह्वान गरेका हुन् ।

अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछिको यो पहिलो सम्मेलन हो । सम्मेलनका क्रममा पोम्पेओले प्रत्यक्ष रुपमा इरानको आलोचना भने नगरेको जनाइएको छ ।

सम्मेलनमा इजरायल, साउदी अरब, ओमनसहित मध्यपूर्वका अन्य मुलुकहरु, युरोपेली मुलुकका विदेशमन्त्री तथा कुटनीतिज्ञहरुको सहभागिता छ । सम्मेलनमा इरानलाई भने निम्तो नदिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ६ : १५ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम