अमेरिकी विदेशमन्त्रीद्वारा सहकार्यका लागि आह्वान « Khabarhub

अमेरिकी विदेशमन्त्रीद्वारा सहकार्यका लागि आह्वान


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मध्यपूर्वमा सहकार्यको नयाँ युगको आह्वान गरेका छन् । ६० भन्दा धेरै विदेशमन्त्री तथा कुटनीतिज्ञबीच पोल्याण्डको राजधानी वार्सामा भएको सम्मेलनका क्रममा कुनै पनि मुलुकले मध्यपूर्वको समस्या एक्लै समाधान गर्न नसक्ने भन्दै सहकार्यका लागि आह्वान गरेका हुन् ।

अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछिको यो पहिलो सम्मेलन हो । सम्मेलनका क्रममा पोम्पेओले प्रत्यक्ष रुपमा इरानको आलोचना भने नगरेको जनाइएको छ ।

सम्मेलनमा इजरायल, साउदी अरब, ओमनसहित मध्यपूर्वका अन्य मुलुकहरु, युरोपेली मुलुकका विदेशमन्त्री तथा कुटनीतिज्ञहरुको सहभागिता छ । सम्मेलनमा इरानलाई भने निम्तो नदिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ६ : १५ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच