अख्तियार आयुक्त पाठकको राजीनामा र छानविन दुबै नभए महाअभियोग– भट्टराई « Khabarhub

अख्तियार आयुक्त पाठकको राजीनामा र छानविन दुबै नभए महाअभियोग– भट्टराई


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाएर भएपनि पदबाट बर्खास्त गर्ने सत्तारुढ दल नेकपाले तयारी गरेको छ ।

खबरहबसँग कुरा गर्दै नेकपा नेता तथा सांसद योगेश भट्टराईले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकलाई राजीनामा दिन वा प्रमुख आयुक्त नविन घिमिरेलाई पाठकमाथि छानविन गरी कारबाही अघि बढाउन सुझाव दिएका छन् ।

उनले दुई विकल्पमध्ये कुनै एउटा विकल्पमार्फत् पाठकलाई पदबाट नहटाए महाअभियोग लगाउने चेतावनी समेत दिएका छन् । सत्तारुढ दल नेकपाले शुक्रबारसम्म पाठकमाथि कारबाही नगरे महाअभियोग लगाउने तयारी समेत गरेकोे बुझिएको छ ।

के छ पाठकमाथि आरोप ?

आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत् सार्वजनिक भएको थियो ।

आयुक्त पाठकले ठूलो रकम घुस लिएको भिडियो अख्तियार र सत्तारुढ दलका नेतासम्म पुगेपछि यो प्रकरण बाहिर आएको हो ।

पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ६ : १२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको