अख्तियार आयुक्त पाठकको राजीनामा र छानविन दुबै नभए महाअभियोग– भट्टराई « Khabarhub

अख्तियार आयुक्त पाठकको राजीनामा र छानविन दुबै नभए महाअभियोग– भट्टराई


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाएर भएपनि पदबाट बर्खास्त गर्ने सत्तारुढ दल नेकपाले तयारी गरेको छ ।

खबरहबसँग कुरा गर्दै नेकपा नेता तथा सांसद योगेश भट्टराईले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकलाई राजीनामा दिन वा प्रमुख आयुक्त नविन घिमिरेलाई पाठकमाथि छानविन गरी कारबाही अघि बढाउन सुझाव दिएका छन् ।

उनले दुई विकल्पमध्ये कुनै एउटा विकल्पमार्फत् पाठकलाई पदबाट नहटाए महाअभियोग लगाउने चेतावनी समेत दिएका छन् । सत्तारुढ दल नेकपाले शुक्रबारसम्म पाठकमाथि कारबाही नगरे महाअभियोग लगाउने तयारी समेत गरेकोे बुझिएको छ ।

के छ पाठकमाथि आरोप ?

आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत् सार्वजनिक भएको थियो ।

आयुक्त पाठकले ठूलो रकम घुस लिएको भिडियो अख्तियार र सत्तारुढ दलका नेतासम्म पुगेपछि यो प्रकरण बाहिर आएको हो ।

पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ६ : १२ बजे

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन्

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा