कश्मीर अपडेट : बम विष्फाेटमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो « Khabarhub

कश्मीर अपडेट : बम विष्फाेटमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बललाई निशाना बनाएर भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ ।

जम्मु कश्मीर सरकारका सल्लाहकार के विजय कुमारले भारतको एएनआई समाचार संस्थालाई दिएको जानकारीअनुसार कश्मीरको अवन्तिपोरा क्षेत्रमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० आसपास रहेको जानकारी दिएका हुन् ।

यसअघि कश्मीरमा सक्रिय लडाकु समूह जैश ए मोहम्मदले जिम्मा लिएको आक्रमणमा भारतीय सुरक्षा बल सीआरपीएफका १२ सैनिकको ज्यान गएको समाचार आएको थियो ।

सडक नजिकै रोकेर राखिएको अटोरिक्सामा विष्फोटक पदार्थ राखिएको र सुरक्षा बलको सवारीलाई लक्षित गरी विष्फोट गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : २५ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा

अन्जनको उत्कृष्ट ह्याट्रिकसँगै बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको

भैरहवामा सस्तो बजार सुरु

काठमाडौँ- दसैंलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको

भारतीय प्रधानमन्त्री मोदीद्वारा जापानी समकक्षी किसिदासँग भेटवार्ता

काठमाडौँ- भारत र जापानका प्रधानमन्त्री बीच मङ्गलबार जापानको राजधानी टोकियोमा

संविधान उल्लङ्घन साहसिक कदम हुन्छ र !

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने