‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि « Khabarhub

‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ ।

प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका विभागीय टोलीको सहभागिता रहने मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइयो । विगत दुई वर्षदेखि खेलकूद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता हुने र प्रदेश नं १ को झापालाई खेलकूद क्षेत्रको ‘हव’का रुपमा विकास गर्न प्रतयोगिता आयोजना गरिएको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए।

प्रतियोगिताको विजेता टिमले नगद १२ लाख ५० हजार र उपविजेता टिमले ६ लाख २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न क्रण्डै ८० लाख लाग्ने बताइएको छ ।

यसैबीच क्लबले गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको जानकारी दिएको छ । कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान–प्रदानसमेत गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै