कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता « Khabarhub

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७ आप्रवासीको मृत्यु भएको छ। गृहमन्त्री मोहम्मद अहमद असौमानीले बिहीबार उक्त जानकारी दिए।

उनका अनुसार डुङ्गामा सवार ५१ जनामध्ये ३० जनालाई जीवितै उद्धार गरिएको छ। बुधबार राति आठ जनाको शव समुद्रबाट निकालिएको थियो भने बिहीबार बिहान थप नौ जनाको शव फेला परेको छ। अझै चार जना बेपत्ता रहेको जनाइएको छ।

दुर्घटनामा बाँचेका घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। सामुद्रिक सुरक्षा निकायले हराइरहेकाहरूको खोजी कार्य जारी राखेको छ।

प्रारम्भिक जानकारी अनुसार उद्धार गरिएका आप्रवासीहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गोका हुन सक्ने अनुमान गरिएको छ, तर उनीहरूको पहिचान खुलाउन प्रक्रिया जारी छ। उनीहरू मायोटतर्फ जाँदै थिए।

अधिकारीहरूका अनुसार कोमोरोसमा आप्रवासीसँग सम्बन्धित यति ठूलो मानवीय क्षतिको घटना पहिलो पटक भएको हो।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ७ : २७ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट