दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु | Khabarhub Khabarhub

दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मङ्गलबार शुभारम्भ गरे ।

कार्यक्रम प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास गरे । उनले लागुऔषध दुर्व्यसनीविरुद्ध सबै एकजुट हुनपर्ने बताए ।

लागुऔषध दुर्व्यसनीरहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

“सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन आमासँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । घरकै सदस्यमा दुर्व्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरुले सघाउने प्रहरीको विश्वास छ ।

“दुर्व्यसनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरुबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौँ”, प्रहरी उपरीक्षक भट्टले भने । प्रहरीले लागुपदार्थ सेवन गरे/नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ । प्रहरीले सामान्य अवस्थाका लागुऔषध प्रयोगकर्तालाई सचेत बनाएर पठाउने गरेको छ । लामो समयदेखि दुर्व्यसनीमा फसेकालाई भने उपचारका लागि पुनःस्थापनागृहसम्म पठाउने गरेको छ ।

सेवनसँगै किनबेच र ओसारपसारमा संलग्न भएकालाई भने कानूनअनुसार कारवाही गर्ने गरिएको छ । बागलुङ नगरपालिका वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले दुर्व्यसनी रोक्नु स्थानीय तहको पनि दायित्व हो भने ।

दुर्व्यसनीमा फसेका बालबालिका, युवालाई त्यसबाट मुक्त गर्न आमाहरु सबैभन्दा सहज र प्रभावकारी माध्यम हुनसक्ने उनको भनाइ छ । कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायको सहयोग र सहभागिताबिना कार्यक्रम सफल नहुने विचार राखेका थिए ।

कार्यक्रम शुभारम्भकै अवसरमा जिल्लास्थित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले प्रहरीलाई लागुपदार्थ सेवन (लापसे) जाँचका लागि २० थान ‘किट’ प्रदान गरेको थियो । प्रहरीले हालै मात्र बागलुङमा ‘लापसे’ जाँचको अभियान थालेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ९ : २५ बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१