दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु « Khabarhub

दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मङ्गलबार शुभारम्भ गरे ।

कार्यक्रम प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास गरे । उनले लागुऔषध दुर्व्यसनीविरुद्ध सबै एकजुट हुनपर्ने बताए ।

लागुऔषध दुर्व्यसनीरहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

“सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन आमासँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । घरकै सदस्यमा दुर्व्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरुले सघाउने प्रहरीको विश्वास छ ।

“दुर्व्यसनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरुबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौँ”, प्रहरी उपरीक्षक भट्टले भने । प्रहरीले लागुपदार्थ सेवन गरे/नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ । प्रहरीले सामान्य अवस्थाका लागुऔषध प्रयोगकर्तालाई सचेत बनाएर पठाउने गरेको छ । लामो समयदेखि दुर्व्यसनीमा फसेकालाई भने उपचारका लागि पुनःस्थापनागृहसम्म पठाउने गरेको छ ।

सेवनसँगै किनबेच र ओसारपसारमा संलग्न भएकालाई भने कानूनअनुसार कारवाही गर्ने गरिएको छ । बागलुङ नगरपालिका वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले दुर्व्यसनी रोक्नु स्थानीय तहको पनि दायित्व हो भने ।

दुर्व्यसनीमा फसेका बालबालिका, युवालाई त्यसबाट मुक्त गर्न आमाहरु सबैभन्दा सहज र प्रभावकारी माध्यम हुनसक्ने उनको भनाइ छ । कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायको सहयोग र सहभागिताबिना कार्यक्रम सफल नहुने विचार राखेका थिए ।

कार्यक्रम शुभारम्भकै अवसरमा जिल्लास्थित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले प्रहरीलाई लागुपदार्थ सेवन (लापसे) जाँचका लागि २० थान ‘किट’ प्रदान गरेको थियो । प्रहरीले हालै मात्र बागलुङमा ‘लापसे’ जाँचको अभियान थालेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ९ : २५ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई