स्वास्थ्यवर्द्धक बदामका फाइदै फाइदा « Khabarhub

स्वास्थ्यवर्द्धक बदामका फाइदै फाइदा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई बदाम मन पर्छ ? यदि मन पर्दैन भने पनि यसको सेवनमा भने कमि नल्याउनुस् । किनकी चिकित्सकहरुले बदामलाई स्वास्थ्यका लागि अति नै लाभदायक खानेकुरा मानेका छन् । बदाम पौष्टिक तथा स्वास्थ्यवर्द्धक खानेकुरा मानिन्छ ।

चाहे गर्मी होस् चाहे जाडो हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको दुबै प्रकारको बदामले मानिसको शरीरलाई भरपुर फाइदा पुर्‍याउँछ ।

चिकित्सकहरुका अनुसार, बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसको सेवनले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन् । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

बोक्राको साथमा बदाम खानु झनै राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । तपाईंको क्षमताभन्दा धेरै बदाम खानाले अपच हुने सम्भावन रहन्छ र यसले पेटलाई खराब गर्छ ।

बदामको सेवन कोलेस्ट्रोललाई कम गर्न पनि प्रभावकारी मानिन्छ । बदामले कब्जियतको पीडालाई पनि कम गर्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १० : १२ बजे

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन सक्ने

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा