तीनपटक भन्दा बढी रक्सी पिए सार्वजनिक मुद्दा लगाइने « Khabarhub

तीनपटक भन्दा बढी रक्सी पिए सार्वजनिक मुद्दा लगाइने


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए ।

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।

मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि १० हजार र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर १ हजार ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिए ।

तीन पटकभन्दा बढी कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : ०४ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता