संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकबारे प्रदेश ३ सँग छलफल « Khabarhub

संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकबारे प्रदेश ३ सँग छलफल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राष्ट्रिय सभाले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश ३ सँग छलफल गरेको छ ।

विधेयकमा सक्दो सहमति जुटाउने उद्देश्य साथ राष्ट्रियसभाले संघीय संसद, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउपालिकाका जनप्रतिनिधिसंग संयुक्त छलफल गरेको हो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तमा आधारित संघीयता भएकाले सिद्धान्तको पालनाको साथै ऐनको सफल कार्यान्वनयका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरुको सहमति आवश्यक पर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले संविधानको भावनाअनुसार साझा सूचीलाई व्यवस्थित र परिभाषित गरी संविधानको भावना अनुसार सबै नागरिकले अधिकारको प्रयोग गर्न सक्ने बनाउनका लागि साझा छलफल आवश्यक भएको बताए ।

संघ, प्रदेश र स्थानीय तहले हरेक अधिकारलाई आफू मातहत राख्न चाहनु अस्वभाविक नभएको उल्लेख गर्दै अधयक्ष तिमिल्सिनाले सबैको चाहानाबाट साझा सहमति खोज्न प्रदेशस्तरीय छलफल प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विधेयकले गरेको व्यवस्था बारे विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रियसभाले विधेयकमाथि अधिकतम सहमति जुटाउने प्रयासमा सबै प्रदेशमा छलफल गरेको छ ।

७ वटै प्रदेशबाट आएका सुझावका आधारमा विधेयकमा संसोधन गरिने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १ : ०८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल