वैदेशिक रोजगारीमा जाने नेपालीका लागि साढे १६ लाख म्यादी बीमालेख जारी | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीका लागि साढे १६ लाख म्यादी बीमालेख जारी


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साढे १६ लाख म्यादी बीमाको बीमालेख जारी भएको छ । बीमा समितिका अनुसार नेपाली बीमा कम्पनीहरुले  १६ लाख ६१ हजार १ सय ७ वटा म्यादी बीमालेख जारी गरेका हुन् ।

यो म्यादी बीमा विगत २ वर्षअघि देखिको जोडिँदै आएको समितिले जनाएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ४८ हजार ८४ वटा मात्र जारी भएको थियो ।

आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४४ हजार १ सय ३ वटा बीमा लेख जारी भएको समितिको तंथ्याकमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष २०७२/७३ मा यो संख्या ९ लाख ३३ हजार ८ सय ७१ रहेको समितिले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा म्यादी बीमा गर्दा २ वर्षसम्म हुन्छ । पछिल्लो समय वैदेशिक रोजगार म्यादी बीमा गराउनेको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १ : ४६ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा