वैदेशिक रोजगारीमा जाने नेपालीका लागि साढे १६ लाख म्यादी बीमालेख जारी « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीका लागि साढे १६ लाख म्यादी बीमालेख जारी


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साढे १६ लाख म्यादी बीमाको बीमालेख जारी भएको छ । बीमा समितिका अनुसार नेपाली बीमा कम्पनीहरुले  १६ लाख ६१ हजार १ सय ७ वटा म्यादी बीमालेख जारी गरेका हुन् ।

यो म्यादी बीमा विगत २ वर्षअघि देखिको जोडिँदै आएको समितिले जनाएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ४८ हजार ८४ वटा मात्र जारी भएको थियो ।

आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४४ हजार १ सय ३ वटा बीमा लेख जारी भएको समितिको तंथ्याकमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष २०७२/७३ मा यो संख्या ९ लाख ३३ हजार ८ सय ७१ रहेको समितिले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा म्यादी बीमा गर्दा २ वर्षसम्म हुन्छ । पछिल्लो समय वैदेशिक रोजगार म्यादी बीमा गराउनेको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १ : ४६ बजे

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि

गगन थापाले भने- शिक्षामा दलीयकरण हुनु सबैभन्दा ठूलो समस्या हो

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु

राजनीतिक दाउपेचले सुस्ताएको कृषि : कहिले भित्रिएला स्मार्ट एग्रिकल्चर ?

नेपालमा राजनीतिक परिवर्तन र सरकार फेरबदलको शृङ्खला निकै लामो छ

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के अनुगमन

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको

मैदानमा कमजोर, सपना विश्वकप

काठमाडौं – राउन्ड अफ ३२ को खेलमा पोर्चुगलका स्टाइकर क्रिस्टियानो