जब संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधिले सार्वजनिक रुपमै गाली खाइन् « Khabarhub

जब संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधिले सार्वजनिक रुपमै गाली खाइन्


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी स्थायी प्रतिनिधि मलिहा लोधीलाई एक पाकिस्तानीले सार्वजनिक रुपमै गाली गरेका छन् ।

हालै सार्वजनिक भएको भिडियोमा अमेरिकामा कुनै कार्यक्रम सकेर बाहिरिएपछि उनी सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिइरहेकी थिइन् ।

यतिकैमा एक व्यक्तिले बिचैमा उनको कुरा काटेका थिए । त्यसपछि उनले एक्कासी ‘तिमी चोर हौ र पाकिस्तानको प्रतिनिधित्व गर्न अयोग्य छ्यौ’ भन्छन् । अमेरिकामा एक कार्यक्रम सकेर बाहिरिँदै गर्दा एक जनाले लोधीलाई भ्रष्टाचारको आरोपसमेत लगाएका छन् ।

त्यसपछि लोधीले उनलाई आफ्नो बोली बन्द गर्न भन्छिन् तर, उनले आफूले कुनै लगत काम नगरिरहेको र आफू पाकिस्तानी भएकाले आफूलाई बोल्ने हक भएको बताउँछन् । त्यसपछि केही शान्त हुँदै लोधीले ती पाकिस्तानीलाई उसको व्यवहार देखेर हप्काउँछिन् । उनले उक्त पाकिस्तानीको प्रश्नको जवाफ नदिने समेत बताउँछिन् ।

त्यसपछि लोधी त्यहाँबाट हिँड्न लागेकी थिइन्, यतिकैमा उनी फेरि चिच्याए, ‘तिमीहरु हाम्रो पैसा चोरिरहेका छौं, तिमीहरु पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य छैनौं ।’

यतिकैमा लोधी केही पर पुगिसकेकी थिइन्, ती पाकिस्तानीले उनलाई पछ्याउन खोजे तर त्यहाँ उपस्थित मानिसहरुले उनलाई शान्त पार्न खोज्छन् । उनी फेरि चिच्याउँछन्, ‘तिमीलाई लाज लाग्नुपर्ने हो, यतिका वर्षदेखि तिमीहरु हाम्रो पैसा मात्र खाइरहेका छौँ ।’

हाल सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ । केही पाकिस्तानीहरुले लोधीप्रति गरिएको व्यवहारको आलोचना गरेका छन् भने अधिकांश पाकिस्तानीले लोधीलाई गाली गर्नेलाई स्याबासी दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ४ : २० बजे

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.