लोकसेवाको विज्ञापन रद्दको माग गर्दै प्रधानमन्त्री निवास घेराउ | Khabarhub Khabarhub

लोकसेवाको विज्ञापन रद्दको माग गर्दै प्रधानमन्त्री निवास घेराउ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्नुपर्ने मागसहित प्रधानमन्त्री निवास बालुवाटार नजिकै धर्ना दिइएको छ ।

आयोगको विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै आदिवासी, जनजाति र दलित समुदायका अगुवाहरुले बुधबार मध्यान्ह १२ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि धर्ना दिएका हुन् ।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।

उनीहरुले उक्त विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनः प्रकाशित गर्नुपर्नेसमेत माग गरेका छन् ।

संविधानको धारा ३८ उपधारा (४), धारा ४० र धारा ४२ उपधारा (१) ले समानुपातिक समावेशी सिद्धान्त र धारा १८ उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांशले पछाडि पारिएका वर्ग, समुदायलाई विशेष व्यवस्था अवलम्बन गर्नु भन्ने व्यवस्था गरेको छ ।

अधिकारकर्मी भक्त विश्वकर्माले आयोगले उत्पीडित समुदायलाई पाखा लगाउने उद्देश्यले असमावेशी विज्ञापन प्रकाशन गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ४ : ३२ बजे

महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण छ : मन्त्री अधिकारी

कीर्तिपुर– कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन

सबै निकाय र राजनीतिक दलले सूचना हक कार्यान्वयन गर्नुपर्नेमा जोड 

काठमाडौं– सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले

काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला

गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु

गोरखा– गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा

१९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से 

काठमाडौं– आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक