‘जाइरा’ लाई भाइरल बाबाको भर? « Khabarhub

‘जाइरा’ लाई भाइरल बाबाको भर?


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठ र अभिनेता अनुपविक्रम शाही स्टारर फिल्म ‘जाइरा’ रिलिजको क्रममा छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम खुलेर फिल्मको प्रचारमा उत्रिएको छ ।

यसैबीच चलचित्र ‘जाइरा’ टिमले प्रचारका लागि अर्को पनि उपाय अपनाएको छ । तर यो उपायलाई दर्शकले ट्रोल बनाइदिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनाइएका अघोरी बाबालाई चलचित्रको रिभ्यु गर्न लगाइएको छ । एक भिडियोमा भाइरल बनाइएका ती बाबाले जाइराको विज्ञापन गर्ने उद्देश्यले फिल्मको प्रचार गरिरहेका छन् ।

यसलाई कतिपयले त सामान्य रुपमा लिएका छन् तर कतिपयले भने नेपाली फिल्मको विज्ञापन गर्न पनि अब भाइरल विषयवस्तु खोज्नुपर्ने अवस्था आएको हो? भन्दै मजाक बनाएका छन् ।

त्यसो त स्टारकास्टका हिसाबले पनि यो फिल्म चर्चामा रहेको फिल्म हो । यता बाबालाई पनि मिडियाका माध्यमबाट फिल्मको प्रचार गर्न लगाइएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा एक प्रयोगकर्ताले लेखेका छन्, पढ्न छोडेर बाबा बन्नुपर्छ कि क्या हो ? त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो त इरिटेट बनाउने खालको प्रचार तरिका भयो ।’

जे होस्, बाबालाई प्रयोग गरेर फिल्म टिमले भने राम्रै प्रचार गर्न खोजेको छ । भदौ ६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई आषुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ०४ बजे

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा