‘सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि भएन’ « Khabarhub

‘सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि भएन’


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम भएकोबारे अध्ययन गर्न गठित सरकारी कार्यदलले ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ ।

ट्राफिक जामका कारण आरोहीको मृत्यु भएको भन्न तथ्य नभेटेको उल्लेख गर्दै कार्यदलले जाम नभइ आरोहीको लामचाहिँ भएको बताएको छ ।

जामकै कारण मृत्यु भएको भन्ने आरोपलाई सबैभन्दाले आरोहण गरेको दिनको मृत्युदर ०.००४ प्रतिशतले खण्डन गर्ने कार्यदल संयोजक उपाध्यायले बताए ।
मौसमी प्रतिकुलता धेरै भएका र थोरै समय विन्डो खुल्दा आरोहण गर्ने धेरै भएको उनको भनाइ छ ।

सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणको क्रममा १५ जनाको ज्यान गएको थियो । २ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ०२ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७