‘सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि भएन’ | Khabarhub Khabarhub

‘सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि भएन’


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम भएकोबारे अध्ययन गर्न गठित सरकारी कार्यदलले ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ ।

ट्राफिक जामका कारण आरोहीको मृत्यु भएको भन्न तथ्य नभेटेको उल्लेख गर्दै कार्यदलले जाम नभइ आरोहीको लामचाहिँ भएको बताएको छ ।

जामकै कारण मृत्यु भएको भन्ने आरोपलाई सबैभन्दाले आरोहण गरेको दिनको मृत्युदर ०.००४ प्रतिशतले खण्डन गर्ने कार्यदल संयोजक उपाध्यायले बताए ।
मौसमी प्रतिकुलता धेरै भएका र थोरै समय विन्डो खुल्दा आरोहण गर्ने धेरै भएको उनको भनाइ छ ।

सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणको क्रममा १५ जनाको ज्यान गएको थियो । २ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र