विद्युत प्राधिकरणका २ जना कर्मचारी घुससहित पक्राउ « Khabarhub

विद्युत प्राधिकरणका २ जना कर्मचारी घुससहित पक्राउ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको नवलपरासी पश्चिम (त्रिवेणी) उप–वितरण केन्द्रका २ जना कर्मचारी ४६ हजार ५ सय ५५ रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

त्रिवेणी उप–वितरण केन्द्रको चौथो तह (खरिदारसरह) कार्यरत मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत नारायण कुर्मी घुस रकमसहित पक्राउ परेका हुन् ।

बिजुलीको थ्रीफेथ लाइन जडान गर्ने भनेर सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई विद्युत प्राधिकरणको त्रिवेणी उप–वितरण केन्द्र कार्यालय परिसरबाटै घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ११ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा