मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको रोमान्चक जित « Khabarhub

मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको रोमान्चक जित


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

४ सेटको खेलमा २–२ भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको खेलको अन्तिम सेटमा नेपाली टोलीले १५–१३ स्कोरमा जीत हात पारेको हो । पहिलो सेटमा २५–२२ अफगानिस्तानले जीतेको थियो भने दोस्रो र तेस्रो सेट जित्दै नेपाली टोली खेलमा फर्किएको थियो ।

दोस्रो सेटमा घरेलु टोली नेपालले २५–१७ ले जितेको थियो भने तेस्रो सेटमा नेपाली टोलीले २५–१७ कै स्कोरमा अफगानिस्तान रोकिएको थियो भने चौथो सेटमा नेपाली टोलीले २५–२३ स्कोरमा रोकिँदा खेल पाँच सेटमा धकेलिएको थियो ।

पाहुना टोली अफगानिस्तानले पहिलो र चौथो सेट जित्दा घरेलु टोलीले दोस्रो र तेस्रो सेटमा जीत हात पारेको थियो । दुई सेट लगातार जीतेको नेपाली टोलीका खेलाडी चौथो सेटमा चल्न नसक्दा रोमाञ्चक भएको चौथो सेट अफगानिस्तानले हात पारेको थियो ।

अब नेपालले भोलि अफगानि टोलीसँगै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । भदौ २ गतेदेखि ८ गतेसम्म एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता शुरु हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ५९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र