मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको रोमान्चक जित | Khabarhub Khabarhub

मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको रोमान्चक जित


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

४ सेटको खेलमा २–२ भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको खेलको अन्तिम सेटमा नेपाली टोलीले १५–१३ स्कोरमा जीत हात पारेको हो । पहिलो सेटमा २५–२२ अफगानिस्तानले जीतेको थियो भने दोस्रो र तेस्रो सेट जित्दै नेपाली टोली खेलमा फर्किएको थियो ।

दोस्रो सेटमा घरेलु टोली नेपालले २५–१७ ले जितेको थियो भने तेस्रो सेटमा नेपाली टोलीले २५–१७ कै स्कोरमा अफगानिस्तान रोकिएको थियो भने चौथो सेटमा नेपाली टोलीले २५–२३ स्कोरमा रोकिँदा खेल पाँच सेटमा धकेलिएको थियो ।

पाहुना टोली अफगानिस्तानले पहिलो र चौथो सेट जित्दा घरेलु टोलीले दोस्रो र तेस्रो सेटमा जीत हात पारेको थियो । दुई सेट लगातार जीतेको नेपाली टोलीका खेलाडी चौथो सेटमा चल्न नसक्दा रोमाञ्चक भएको चौथो सेट अफगानिस्तानले हात पारेको थियो ।

अब नेपालले भोलि अफगानि टोलीसँगै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । भदौ २ गतेदेखि ८ गतेसम्म एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता शुरु हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ५९ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत