सबै सामुदायीक विद्यालयमा एकै खाले रंगरोगन गर्ने महानगरको योजना « Khabarhub

सबै सामुदायीक विद्यालयमा एकै खाले रंगरोगन गर्ने महानगरको योजना


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै खाले रंगरोगन गर्ने योजना अघि सारेको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाभित्र पदस्थापना भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

‘हामी काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा पनि सकेसम्म एक रुपता ल्याउने प्रयासमा लागेका छौँ,’ मेयर शाक्यले भने, ‘त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका ९१ वटै सामुदायिक विद्यालय भवनमा एकै खालको रंगरोगन गर्ने तयारी थालेका छौँ ।’

उनले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले नै गर्ने पनि जानकारी दिए । ‘हामीले सामुदायिक विद्यालयको रंगरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, हरेक विद्यालयमा वृक्षारोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्ने लगायतका शीर्षकका लागि १० करोड रकम छुट्याएका छौँ,’ उनले भने, ‘निजी विद्यालयलाई गाली गर्ने होइन सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामूदायिकतिर आकर्षित गर्नुपर्छ । त्यसो भयो भने निजी विद्यालयमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जान्छ ।’

उनले अहिलेको पुस्ता सूचना प्रविधि, योजना र नयाँ–नयाँ ज्ञानमा निपुर्ण भएको भन्दै पुरानाको अनुवभसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धि भएर जाने दाबी पनि गरे ।

पदस्थापन भएका ३० जना शिक्षकलाई सपथ खुवाएपछि मेयर शाक्यले भने, ‘सामुदायिक विद्यालयमा राज्यको लगानी ठूलो छ । तर, परिणाम राम्रो आउन सकेको छैन । तपाईंहरुको व्यवस्थापकीय क्षमता पनि प्रदर्शन गर्नुहोला । आगामी वर्ष एसईईको परिणाममा केही हदसम्म सुधार आयो भने तपाईंहरुको मूल्याङ्कन त्यसै अनुरुप हुन्छ ।’

अहिले पनि निजी विद्यालयलाई गाली गर्ने अनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नेतर्फ ध्यान नगएकाले समस्या भएको भन्दै मेयर शाक्यले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

उनले एउटा शिक्षकले राम्रो गर्‍यो भने राष्ट्रको भविष्य पनि उज्वल बन्ने भन्दै कमजोरी हुँदा राष्ट्रको भविष्य पनि अध्यारो हुने बताए । ‘शिक्षण पेशा भनेको सिङ्गो समाजलाई प्रभाव पार्ने क्षेत्र हो,’ उनले भने ।

कार्यक्रममा सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका निमित्त शिक्षा अधिकारी तारापती खरेलले सपथ ग्रहण गराउँदै शिक्षकको गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ०५ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता