एएफसी च्याम्पियनको छनोटमा आज नेपाल र जोर्डन भिड्दै « Khabarhub

एएफसी च्याम्पियनको छनोटमा आज नेपाल र जोर्डन भिड्दै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोर्डनमा सञ्चालित एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल र आयोजक जोर्डन भिड्दैछन् । नेपालका लागि आज (शनिबार)को खेल पहिलो हो । नेपालले आफ्नो पहिलो खेलमै प्रतिबद्वन्द्वीका रुपमा बलियो टोली जोर्डनलाई पाएको छ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालाबाट जितका साथ निस्कन नेपालका लागि कम चुनौतीपूर्ण छैन । किनकि, तुलनात्मक रुपमा जोर्डन नेपालभन्दा निकै अब्बल मानिन्छ । जोर्डनलाई बराबरीमै रोक्न सके पनि नेपालका लागि उपलब्धि मानिने छ ।

नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठ पनि जोर्डनलाई बराबरीमा रोक्ने रणनीति नै टिमले अवलम्बन गर्ने बताउँछन् । ‘पहिलो कुरा हामी उनीहरुकै मैदानमा खेल्दैछौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘त्यसै पनि जोर्डन निकै बलियो प्रतिद्वन्द्वी हो, त्यसैले हाम्रो प्राथमिक रणनीति भनेको उसलाई बराबरीमा रोक्नु नै हो ।’

नेपाल हालैमात्र भारतमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेको थियो । तर, टिमलाई उपविजेता बनाउँदा कप्तानको भूमिका निभाएका प्रदीप लम्सालसहित अन्य दुई खेलाडी असिम राई र इश्वर गुरुङले जोर्डनसँगको खेल गुमाएका छन् । एमआरआईबाट उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन जानबाट रोकिएका हुन् ।

नेपाल र जोर्डनले प्रतिस्पर्धा गर्ने मैदान

तस्वीर : कीर्तन श्रेष्ठ

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : १८ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित