कर्णाली प्रदेशले बहुआयमिक शीतगृह बनाउँदै « Khabarhub

कर्णाली प्रदेशले बहुआयमिक शीतगृह बनाउँदै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- यतिबेला कर्णालीको स्याउ मुलुकमय बनेको छ । निकै राता, पोटिलो, गुलियो र रसिलो स्वादयुक्त दाना स्याउ देख्दा नलोभिने कोही छैन ।

नेपालका प्रमुख शहर सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, चितवन, काठमाडौँसम्म जुम्ली स्याउ पुगिसकेको छ । अहिलेसम्म जुम्लाले मात्र रु १० करोडभन्दा बढीको स्याउ निर्यात गरिसकेको छ ।

हवाईमार्ग र कर्णाली राजमार्गबाट दैनिक जुम्ली अर्गानिक स्याउ निर्यातको क्रम चलिरहेको छ । जुम्ली किसानलाई स्याउ सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ गर्न भ्याइनभ्याइ छ ।

सबै किसानका बगैँचामा स्याउ किन्ने व्यापारीको ताँती लागेको पाइन्छ भने नेपालगञ्ज, सुर्खेतका फलफूल मण्डीमा दैनिक स्याउ किन्ने उपभोक्ता लहरै देखिन्छ ।

कालीकोट, हुम्ला, मुगु, डोल्पा, जाजरकोट जहाँको स्याउ भए पनि जताततै जुम्ली अर्गानिक स्याउको नाम दिएर बेच्ने होड पनि त्यतिकै चलेको छ । त्यति हुँदाहुँदै पनि स्याउको व्यवस्थित बजारीकरण तथा भण्डारण हुन नसक्दा किसानका साथै स्याउ व्यापारीले अपेक्षित आम्दानी लिन सकेका छैनन् ।

मूलतः उत्पादित स्याउको उचित व्यवस्थापन, भण्डारण र बजारीकरण हुन नसकेका कारण किसान तथा व्यापारी मर्कामा परेको कर्णालीका वरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले जानकारी दिए ।

‘स्याउ पाक्ने बित्तिकै किसानले टिपेर बेचिहाल्नु पर्छ’, कृषक बुढ्थापाले भने, ‘लामो समयसम्म राखेर बेच्ने व्यवस्था छैन । ढिलो बेच्ने बित्तिकै कुहिएर किसानले घाटा खानुपर्छ ।’

कृषि बजारलाई व्यवस्थित गरेर उत्पादित वस्तुबाट किसानलाई उचित मूल्य दिलाउन सकिएमात्र कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले बताए ।

अन्य देशका स्याउभन्दा कर्णालीमा उत्पादित स्याउको गुणस्तर धेरै माथि भएको दावी गर्दै उनले यसको ग्रेडिङ, प्याकेजिङ र बजारीकरणलाई व्यवस्थित गरी किसानलाई वर्षभरि बेच्ने सुविधाका लागि कर्णालीको जुम्ला र सुर्खेतमा शीतगृह आवश्यक रहेको औँल्याए ।

कर्णालीका स्याउ नेपालका बजारमा भरिभराउ छ । अहिले भारत तथा चीनबाट आएका स्याउलाई यसले विस्थापित गरेको छ । प्रति केजी एक सय रुपैयाँदेखि १ सय ५० मा किन्न पनि उपभोक्ताले सस्तो मानिरहेका छन् ।

स्याउ एकै याममा पाकेर ठूलो परिमाणमा निर्यात हुँदा किसान तथा स्याउ व्यापारीले लगानी अनुसारको आम्दानी उठाउन नसकेकोले वर्षभरि बिक्रीवितरण गर्न मिल्ने सुविधाका लागि शीतगृह निर्माणार्थ किसानले सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १० : ३६ बजे

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा