कर्णाली प्रदेशले बहुआयमिक शीतगृह बनाउँदै « Khabarhub

कर्णाली प्रदेशले बहुआयमिक शीतगृह बनाउँदै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- यतिबेला कर्णालीको स्याउ मुलुकमय बनेको छ । निकै राता, पोटिलो, गुलियो र रसिलो स्वादयुक्त दाना स्याउ देख्दा नलोभिने कोही छैन ।

नेपालका प्रमुख शहर सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, चितवन, काठमाडौँसम्म जुम्ली स्याउ पुगिसकेको छ । अहिलेसम्म जुम्लाले मात्र रु १० करोडभन्दा बढीको स्याउ निर्यात गरिसकेको छ ।

हवाईमार्ग र कर्णाली राजमार्गबाट दैनिक जुम्ली अर्गानिक स्याउ निर्यातको क्रम चलिरहेको छ । जुम्ली किसानलाई स्याउ सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ गर्न भ्याइनभ्याइ छ ।

सबै किसानका बगैँचामा स्याउ किन्ने व्यापारीको ताँती लागेको पाइन्छ भने नेपालगञ्ज, सुर्खेतका फलफूल मण्डीमा दैनिक स्याउ किन्ने उपभोक्ता लहरै देखिन्छ ।

कालीकोट, हुम्ला, मुगु, डोल्पा, जाजरकोट जहाँको स्याउ भए पनि जताततै जुम्ली अर्गानिक स्याउको नाम दिएर बेच्ने होड पनि त्यतिकै चलेको छ । त्यति हुँदाहुँदै पनि स्याउको व्यवस्थित बजारीकरण तथा भण्डारण हुन नसक्दा किसानका साथै स्याउ व्यापारीले अपेक्षित आम्दानी लिन सकेका छैनन् ।

मूलतः उत्पादित स्याउको उचित व्यवस्थापन, भण्डारण र बजारीकरण हुन नसकेका कारण किसान तथा व्यापारी मर्कामा परेको कर्णालीका वरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले जानकारी दिए ।

‘स्याउ पाक्ने बित्तिकै किसानले टिपेर बेचिहाल्नु पर्छ’, कृषक बुढ्थापाले भने, ‘लामो समयसम्म राखेर बेच्ने व्यवस्था छैन । ढिलो बेच्ने बित्तिकै कुहिएर किसानले घाटा खानुपर्छ ।’

कृषि बजारलाई व्यवस्थित गरेर उत्पादित वस्तुबाट किसानलाई उचित मूल्य दिलाउन सकिएमात्र कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले बताए ।

अन्य देशका स्याउभन्दा कर्णालीमा उत्पादित स्याउको गुणस्तर धेरै माथि भएको दावी गर्दै उनले यसको ग्रेडिङ, प्याकेजिङ र बजारीकरणलाई व्यवस्थित गरी किसानलाई वर्षभरि बेच्ने सुविधाका लागि कर्णालीको जुम्ला र सुर्खेतमा शीतगृह आवश्यक रहेको औँल्याए ।

कर्णालीका स्याउ नेपालका बजारमा भरिभराउ छ । अहिले भारत तथा चीनबाट आएका स्याउलाई यसले विस्थापित गरेको छ । प्रति केजी एक सय रुपैयाँदेखि १ सय ५० मा किन्न पनि उपभोक्ताले सस्तो मानिरहेका छन् ।

स्याउ एकै याममा पाकेर ठूलो परिमाणमा निर्यात हुँदा किसान तथा स्याउ व्यापारीले लगानी अनुसारको आम्दानी उठाउन नसकेकोले वर्षभरि बिक्रीवितरण गर्न मिल्ने सुविधाका लागि शीतगृह निर्माणार्थ किसानले सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १० : ३६ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा