‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’ | Khabarhub Khabarhub

‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् ।

पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताए। निको भएका बिरामीकोतर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेङ्गु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए ।

पाँच दिनको अस्पतालको बसाईपछि घर फर्किएकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैँ निको भएर जाने बताइन ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रबाट गरिएको यो प्रयास उदाहरणीय रहेकाले घरघरबाट रोग नियन्त्रणका लागि अभियान थाल्न आह्वान गरिन। कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएकाले उनले सबैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने बताइन ।

पुष्पाञ्जलि अस्पतालका प्रबन्ध निर्देशक वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले डेङ्गु केहो ? यसबाट कसरी बच्न सकिन्छ र आम नागरिकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराएका थिए।

हालसम्म चितवनमा एक हजार ७०० लाई डेङ्गु सङ्क्रमण भएको छ । यो रोगको सङ्क्रमण बढ्दै गएपछि निको भएका बिरामीलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार निको भएका बिरामीले डा अधिकारीको परामर्शमा तयार गरेको डेङ्गु रोग र यसबाट बच्ने उपायका विषयमा तयार गरिएको पर्चा अस्पतालले छपाइ गरी उनीहरुमार्फत गाउँगाउँमा पुर्‍याउने काम गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १ : १९ बजे

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान्

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा