‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’ « Khabarhub

‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् ।

पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताए। निको भएका बिरामीकोतर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेङ्गु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए ।

पाँच दिनको अस्पतालको बसाईपछि घर फर्किएकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैँ निको भएर जाने बताइन ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रबाट गरिएको यो प्रयास उदाहरणीय रहेकाले घरघरबाट रोग नियन्त्रणका लागि अभियान थाल्न आह्वान गरिन। कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएकाले उनले सबैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने बताइन ।

पुष्पाञ्जलि अस्पतालका प्रबन्ध निर्देशक वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले डेङ्गु केहो ? यसबाट कसरी बच्न सकिन्छ र आम नागरिकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराएका थिए।

हालसम्म चितवनमा एक हजार ७०० लाई डेङ्गु सङ्क्रमण भएको छ । यो रोगको सङ्क्रमण बढ्दै गएपछि निको भएका बिरामीलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार निको भएका बिरामीले डा अधिकारीको परामर्शमा तयार गरेको डेङ्गु रोग र यसबाट बच्ने उपायका विषयमा तयार गरिएको पर्चा अस्पतालले छपाइ गरी उनीहरुमार्फत गाउँगाउँमा पुर्‍याउने काम गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १ : १९ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा