शाकाहारीलाई हर्ट अट्याकको सम्भावना कम « Khabarhub

शाकाहारीलाई हर्ट अट्याकको सम्भावना कम


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय खानपानमा ध्यान नदिँदा धेरै किसिमका रोगहरु लाग्ने गरेका छन् । अत्याधिक मात्रामा मासुको सेवनले विभिन्न खालका रोगहरु लाग्ने चिकित्सकहरु बताउँछन् । त्यसमा पनि रातो मासुको प्रयोग नगर्न चिकित्सकहरु सल्लाह दिन्छन् ।

मासु र चिल्लो पदार्थको बढी सेवन गर्ने मांसहारीलाई मुटुको जोखिम बढी हुने बताइने गरिएको छ । माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एउटा अध्ययनले देखाएको बीबीसीले जनाएको छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो ।

प्रत्येक हजार मानिसहमध्ये मुटुको रोग लाग्ने शाकाहारीको सङ्ख्या मांसाहारीको भन्दा १० कम थियो । तर मस्तिष्काघात हुनेमध्ये शाकाहारीको सङ्ख्या तीन जनाले बढी थियो ।

सन् १९९३ देखि २००१ देखि अध्ययनमा सहभागी भएका आधा मानिस मांसाहारी थिए भने १६ हजार शाकाहारी तथा ७५ सय जना माछा मात्रै खाने थिए ।

अध्ययनमा सहभागी हुने बेलामा उनीहरूलाई आफ्नो आहारबारे सोधिएको थियो। सन् २०१० मा फेरि त्यही कुरा सोधियो ।

उनीहरूको स्वास्थ्यस्थिति, धूमपान गर्ने बानी तथा शारीरिक व्यायाम गर्ने वा नगर्ने पक्षलाई पनि अध्ययनमा समावेश गरिएको थियो ।

तीमध्ये जम्मा दुई हजार आठ सय २० जनालाई हृदयरोग लागेको थियो भने एक हजार ७२ जनालाई मस्तिष्काघात भएको थियो ।

माछा मात्रै खाने मानिसमा हृदयरोगको जोखिम १३ प्रतिशत कम र शाकाहारीमा २२ प्रतिशत कम देखिएको छ । तर शाकाहारीहरूमा मस्तिष्काघातको सम्भावना २० प्रतिशत बढी देखिएको छ ।

शाकाहारीमा भिटामिन बी १२ को कमी हुने भएकाले त्यसो भएको हुन सक्ने तर थप अध्ययन चाहिने बताइएको छ ।

आहार विशेषज्ञहरूका अनुसार शाकाहार वा मांसाहार जे गरे पनि धेरै प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ३ : ०३ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ