नेकपा प्रदेश २ विवाद– माधव नेपाल र मातृका यादवलाई कारवाहीको माग गर्ने निर्णय ! « Khabarhub

नेकपा प्रदेश २ विवाद– माधव नेपाल र मातृका यादवलाई कारवाहीको माग गर्ने निर्णय !


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले वरिष्ठ नेता माधवकुमार नेपालसहित केही नेताहरुलाई कारबाहीको माग गरेको छ ।

जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेकपा प्रदेश कार्यालयले नेपालसहितका नेताहरुलाई कारवाहीको माग गरेका हुन् ।

भाद्र २४ गते बर्दिबासमा ६ वटा जिल्लाको सपथ ग्रहण गराउने तयारी थियो । बर्दिबास सेवा समितिको हलमा हुन लागेको कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवम सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

त्यस लगत्तै प्रदेश कार्यालयको बैठकले उक्त घटना नेता नेपाल तथा स्थायी कमिटी सदस्य मातृका यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको छ ।

बैठकले दुई नेतामाथि कारवाहीको माग गर्दै निर्णय गरिएको बैठमा सहभागी एक जना प्रदेश पदाधिकारीले भने । “पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो । विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरुले सपथ ग्रहण नै भाँड्न खोज्नुभयो । नाराबाजी भैरहँदा अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रुपमा जुन व्यवहार देखियो त्यो निन्दनीय छ” उनले थपे, “पछि घटनाबारे सूक्ष्म रुपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधव नेपाल तथा मातृका यादवको निर्देशनमा उक्त कार्य भएको हुनाले पार्टी नेतृत्वले दुबै जना नेतामाथि छानबिन गरि आवश्यक कारवाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौँ ।”

सपथ ग्रहण कार्यक्रम भाँड्ने प्रयासस्वरुप भएको तोडफोडको नेतृत्व गरेको आरोप नवनियुक्त प्रदेश सह-इन्चार्ज महेन्द्र पासवानमाथि प्रदेश कार्यालयको बैठकले लगाएको छ ।

बैठकले उनलाई केन्द्रीय कमिटीबाट निष्कासन गर्न प्रदेश कार्यालयको माग छ । प्रदेश कार्यालय बैठक बोलाउँदासमेत नआएको, कुनै जानकारी नगराएको र पार्टीविरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको स्रोतको दाबी छ ।

आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगत यादवलाई पनि केन्द्रीय कमिटीबाट निकाल्न माग बैठकले गरेको छ । त्यस्तै आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न माग गर्दै बैठकमा निर्णय भएको श्रोतको दाबी छ ।

उता नेता नेपाल र मातृका यादव पक्षले भने प्रदेश अध्यक्ष प्रभु साहलगायतले एकलौटी रुपमा आफूनिकटका नेतालाई जिम्मेवारी दिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ४ : १९ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो