डा. वझाको अनुभव – साइक्याट्रिक पढेपछि आफ्नै बानी परिवर्तन ! | Khabarhub Khabarhub

डा. वझाको अनुभव – साइक्याट्रिक पढेपछि आफ्नै बानी परिवर्तन !


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाक्टर सरोज वझा । विभिन्न कारणले मानसिक स्वास्थ्य समस्यामा रहेका धेरै व्यक्तिलाई नयाँ जीवनमा फर्काउने व्यक्ति हुन् ।

२०३६ सालमा हेल्थ असिस्टेन्ट पढ्न त्रिविको हेल्थ इन्टिच्युट अफ हेल्थ साइन्ट आइओएम भर्ना भएका वझा अहिले आइओएमका साइक्याट्रिक विभागका प्रमुख तथा त्रिवि शिक्षण अस्पतालको मानसिक स्वास्थ्य सेवा विभागका प्रमुख प्राध्यापक डाक्टरको रुपमा कार्यरत छन् । करिव २० वर्षसम्म मानसिक रोगका बिरामीको सेवामा लागेका डा वझा आफ्नो प्रोफेसनमा खुसी छन् ।

मानसिक समस्याका लागि मृत्युको बाटोसमेत रोज्न पुगेका बिरामीहरुलाई उपचार गरी नयाँ जीवनमा फर्काउन पाउँदा डा वझा सन्तुष्ट छन् ।

बाल्यकाल

२०१९ सालमा बाग्लुङमा जन्मिएका डा वझाले बाल्यकाल बाग्लुङमै बिताए । बाग्लुङका व्यापारीका छोरा थिएन डा वझा । बाबुआमासहित ५ जना दाजुभाइ र एक दिदी उनको परिवारमा थिए । वझा काइला छोरा हुन् । धेरै दाजुभाइ भएपनि वझाले बाल्यकालमा आर्थिक अभावको सामना भने गर्नुपरेन ।

उनले बाग्लुङ बजारमा रहेको विद्या मन्दिर माध्यमिक विद्यालयमा पढेका हुन् । डा वझाको पढाइ राम्रो थियो । डा वझा स्कुलमा प्रथम वा दोस्रो स्थान प्राप्त गरीरहन्थें । स्कुलको जीवनमा उनले खेलकुदमा सहभागि भएर धेरै मेडलहरु पनि पाएका छन् ।

‘म स्कुल पढ्दा राम्रो विद्यार्थी थिए, पहिलो वा दोस्रो भइरहन्थें, पढाइसँगै खेलकुदमा पनि मेरो रुची थियो,’ डा वझाले बाल्यकाल सम्झिए, ‘स्कुल पढ्दा खेलकुदमा भाग लिएर धेरै मेडलहरु पाएको छु ।’

आप, काँक्रो चोर्दा खाएको गाली

बाल्यकालमा पढाइ र खेलकुदमा मात्रै होइन, उत्पट्याङ काम र अरुको बारीको फलफूल चोर्न पनि माहिर थिए, डा वझा । शिक्षक कै बारीको आँप चोर्दा गाली खाएको उनलाई अझै याद छ ।

‘बाल्यकालमा आप चोर्ने, काक्रो चोर्ने गरिन्थ्यो । एकजना प्रेम छोटा भन्ने साहित्यकार हुनुहुन्थ्यो, उहाँ हाम्रो शिक्षक पनि हुनुहुन्थ्यो, एकदिन उहाँको बारीमा आँप चोर्न गएका थियौं,’ डा वझाले सम्झे, ‘आँप झार्न ढुंगाले हान्दै गर्दा सर आइपुग्नुभयो, सरलाई पनि नटेरी आँपमा ढुंगा हान्दा सरले आएर च्याप्पै समातेर खुबै लागी गर्नुभएको थियो । गाली खाएपछि आप चोरिएन । त्यो दिन अझै याद आउँछ ।’

एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि डाक्टर बन्ने योजना

२०३६ सालमा एसएलसीको परीक्षा दिएका वझाले प्रथम श्रेणीमा उत्तीर्ण गरे । त्यतिबेला बाग्लुङ जिल्ला भरी नै प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने विद्यार्थी ६ जना मात्रै थिए ।

वझाका बाबुले माइला छोरालाई डाक्टर बनाउने भनेपनि उनले डाक्टरी पढ्न सकेका थिएनन् । सरोज वझाले प्रथम श्रेणीमा एसएलसीमा पार गरेपछि उनलाई परिवारमा डाक्टर पढाउने योजना बन्यो ।

‘हाम्रो पालामा फस्ट डिभिजनमा एसएलसी पास हुनु भनेको ठूलो कुरा थियो, रिजल्ट आएको ४ दिनमा गोरखापत्रमा रिजल्ट हेर्न पाइन्थ्यो,’ डा वझाले एसएलसीको रिजल्ट पाएको दिन स्मरण गरे, ‘घरमा सबैजना खुसी हुनुभयो, अब डाक्टर बढाउनुपर्छ भनेर त्यही दिन घोषणा भयो ।’

डाक्टरी पढ्न दुई दिन हिँडेर काठमाडौं

वझालाई डाक्टरी पढाउने परिवारको योजना अनुसार २०३६ सालमा १६ वर्षको उमेरमा डा वझा दुईदिन हिँडेर काठमाडौं आए ।
‘त्यतिबेला हिँडेरै काठमाडौं आउनुपर्ने हुन्थ्यो । बाग्लुङबाट एकदिन पोखरासम्म आइपुगिन्थ्यो, काठमाडौं आउन दुईदिन लाग्थ्यो’ उनले सुनाए ।
त्येतिबेला डाक्टर बन्नका लागि एमवीवीएस अध्ययन गर्नुअघि हेल्थ असिस्टेन्टको कोर्ष अध्ययन गर्नुपर्ने वा आइएसी पास गर्नुपर्ने हुन्थ्यो । आइएसी भन्दा पनि धेरैको रुची हेल्थ असिस्टेन्टको कोर्षमा हुन्थ्यो ।

महाराजगञ्गमा रहेको इन्टिच्युट अफ हेल्थ साइन्समा (आइओएम) हेल्थ असिस्टेन्टको कोर्ष खुलेको पनि थियो । त्यतिबेला एसएलसीमा ल्याएको अंकको आधारमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीले मात्रै भर्ना पाउथें । त्यसका लागि पनि प्रवेश परीक्षा त पास गर्नै पर्ने हुन्थ्यो ।
वझाले डाक्टर पढ्ने योजनासहित महाराजगञ्जको आइओएम र त्रिचन्द्र क्याम्पस दुवैमा प्रवेश परीक्षा थिए ।

वझाको आइएसीमा त्रिचन्द्र क्याम्पसमा नाम निस्कियो तर आइओएममा निस्किएन । आइओएममा नाम ननिस्किएपछि उनी त्रिचन्द्रमा आइएसी पढ्न भर्ना भए । उनले आइओएममा दोस्रो पटक प्रवेश परीक्षा पनि दिए । तर दोस्रो पटक आइओएममा नाम निस्किएपछि त्रिचन्द्रमा आइएसी पढ्न छाडेर उनी आइओएममा हेल्थ असिस्टेन्ट पढ्न भर्ना भए ।

३६ सालदेखि आइओएममा विद्यार्थीदेखि प्रोफेसर सम्मको यात्रा

डा वझाले अहिले आइओएममा पढ्ने विद्यार्थी बसेकै होस्टेलमा बसेर अध्ययन गरेका हुन् ।डा वझाले आफ्नो कार्यकक्षको झ्यालबाट आइओएमको ब्याइज होस्टेल देखाउँदै भने, ‘म विद्यार्थी हुँदा यही अगाडिको होस्टेलमा बसेर पढेको हुँ । अहिले आइओएममा पढ्ने विद्यार्थी बस्ने होस्टेल मै म पनि बसेका छु ।’

त्यतिबेला आइओएममा ३ वर्षको हेल्थ असिस्टेन्टको कोर्ष पुरा गरेपछि सहायक प्रशिक्षणको रुपमा आइओएमद्धारा सञ्चालित सिएमएका विद्यार्थीलाई पढाउन पाइन्थ्यो । ३ वर्ष पढाएपछि बल्ल एमवीवीएस भर्ना हुन पाइने भएकाले २०४० सालमा आइओएमको सहायक प्रशिक्षकको रुपमा उनी पाल्लामा सिएमए पढाउन गए ।

वझा डाक्टर पढ्न पाइने आसामा सिएमएका विद्यार्थीलाई पढाउन पाल्पा गएका थिए । पाल्पाको सिएमए क्याम्पसमा विद्यार्थीहरुलाई सिकाउन थालेपछि भने उनलाई शिक्षण पेसामा पनि आनन्द लाग्न थाल्यो । तर ३ वर्ष पुरा भएपनि उनी एमवीवीएस पढ्न काठमाडौं फर्किए । २०४४ सालमा काठमाडौं फर्किएपछि ५ वर्षे एमवीवीएसको अध्ययन सुरु गरे ।

एमवीवीएस पढाइ र प्रेम जीवनसँगै शुरु

एमवीवीएस पढ्दै गर्दा डा वझा युवा अवस्थामा थिए । उनी पढाइसँगै कलेजमा हुने केटी साथीहरु प्रति पनि आकर्षित भए । एमवीवीएसको पढाइ र उनको प्रेम जीवनसँगै शुरु भयो भन्दा फरक पर्दैन ।

ब्याटमिन्टन खेल्दाको साथी नै जीवनसाथी

सानै देखिको खेल क्षेत्रमा रुची भएका डा वझा एमवीवीएस अध्ययनका क्रममा पनि क्याम्पसको खेलकुदमा सहभागि हुन्थ्ये । डा वझाको ब्याटमिन्टन खेल्ने पार्टनर केटी साथी ( निभा) थिइन् । ब्याटमिन्टनसँगै खेख्नुअघि पनि उनीहरु एउटै कक्षामा थिए । तर ब्याटमिन्टन खेलमा जितपछि उनीहरुमा एकअर्काप्रतिको आकर्षण बढ्यो । उनीहरु प्रेममा परे । त्यसो त पाल्पामा रहेकी एकजना दिदीले पनि निभाको विषयमा पहिला नै जानकारी दिएकी थिइन् ।

‘आइओएममा खेलकुदको कार्यक्रम थियो, मैले पनि भाग लिएको थिए, मेरो अहिले जो मिसेस छिन्, उनी पनि ब्याटमिन्टन राम्रो खेल्थिन्, हामीसँगै खेख्न पाएका थियौं,’ डा वझाले प्रेम सम्बन्धबारे भने, ‘कलेजमा ब्याटमेन्टनमा हामीले जित्यौं । एमवीवीएस पढ्दै गर्दा अफियर शुरु भयो, पछि विवाह ग¥यौ ।’

प्रेम र पढाइ व्यवस्थापन गर्न फाइनल इएरमा तनाव

डाक्टर बन्न एमवीवीएस पढ्दै गरेका वझालाई पढाइको खुवै तनाव हुन्थ्यो । उनीहरुको प्रेम सम्बन्ध दुवैको परिवारलाई थाहा थियो । एमवीवीएसको परीक्षा सक्किएपछि विवाह गर्ने योजना पनि थियो । घर परिवार विवाहको तयारी गर्दैगर्दा वझा र निभा भने परीक्षाको तयारी गर्दै थिए । आफ्नो प्रेम र पढाइलाईसँगै अगाडि बढाउन वझालाई मुस्किल पनि भयो ।

‘एमवीवीएसको पढाइ पुरा गर्न कठिन अध्ययन गर्नुपर्ने हुन्थ्यो, हामी लाइव्रेरीमा सँगै बसेर पढ्थ्यौं,’ डा वझाले भने, ‘त्येतिबेला फेल हुने हो कि भन्ने डर पनि थियो, प्रेम र पढाइ दुवैलाई व्यवस्थापन गर्न निकै गाह्रो भयो मलाई । सायद सबै युवाहरु यस्तो समस्यामा पर्छन् होला ।’
अन्नतः २०४९ सालमा दुवैले एमवीवीएसको पढाई पूरा गरे र विवाह पनि भयो ।

नेपालमै साइक्याट्रिकमा अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थी

अहिले वरिष्ठ मनोचिकित्सकको रुपमा परिचित डा वझाले आफैले निर्णय गरेर मानसिक स्वास्थ्य ( साइक्याट्रिक) अध्ययन भने गरेका होइनन् । एमडी अध्ययनका लागि प्रवेश परीक्षा दिँदा साइक्याट्रिक पढ्न कोटा पाएपछि उनले साइक्याट्रिक अध्ययन गरेका हुन् ।

२०५४ सालमा आइओएममा पहिलो पटक साइक्याट्रिकको कोर्ष शुरु भएको थियो । उनी नेपालमै साइक्याट्रिक अध्ययन गर्ने पहिलो ब्याजमा विद्यार्थी पनि हुन् ।

‘त्येतिबेला रोजेर मन लागेको विशेषज्ञता अध्ययन गर्न पाइँदैन थियो, इन्ट्रान्समा नाम निस्कियो, साइक्याट्रिकमा अनि त्यही विषय पढ्न थाले,’ डा वझाले भने, ‘ मैले साइक्याट्रिकमा ३ वर्षको एमडी यही गरे, मेरो मिसेसले न्याम्सबाट गाइनोकोलोजीमा एमडी गरिन् ।’

पढेपछि मानसिक रोगबारे बुझे, आफ्नै बानी परिवर्तन भयो

त्यतिबेला मानसिक रोगी भनेको समाजले ‘पागल’ भन्ने व्यक्तिहरु हुन् भन्ने बुझेका डा वझाले मानसिक रोग र यसका जटिलतालाई नजिकबाट नियाल्न पाए ।

‘मलाई पनि पहिला त मानसिक रोग भनेको कडा खालको रोगलाई मात्रै बुझेको रहेछु, आफैले पढेपछि मानसिक स्वास्थ्यको विषयमा नजिकबाट बुझे, स्वास्थ्य भनेको शारीरिक मात्रै होइन रहेछ भन्ने थाहा पाए,’ डा वझाले भने, ‘ त्यो विषय पढेपनि म आफैमा भएको रिसाउने बानी समेत परिवर्तन भयो ।’

मानसिक स्वास्थ्य समस्याका बिरामी बढे

डा वझाले एमडी सकेपछि २०५८ सालमा त्रिवि शिक्षण अस्पतालमा नै सहायक प्राध्यपकको रुपमा जागिर पनि शुरु गरे । डा वझा हाल आइओएमका साइक्याट्रिक विभागका प्राध्यापक डाक्टर तथा त्रिवि शिक्षण अस्पतालको मानसिक रोग सेवा विभागको प्रमुख पनि हुन् ।
मानसिक स्वास्थ्य समस्याका बिरामी पहिला र अहिलेको अवस्था निकै परिवर्तन भइसकेको डा वझाले बताए ।

‘मैले भर्खरै बिरामीहरु जाँच गर्न थाल्दा मानिसहरु मानसिक रोगले जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आउथें, तर अहिले लक्षण देखिदैमा मानसिक रोग लाग्यो कि भन्ने चिन्तन लिएर उपचारमा आउने गरेका छन्,’ डा वझा भन्छन्, ‘अहिले मानसिक रोगको विषयमा सचेतना पनि बढेको र मानसिक स्वास्थ्य समस्याको प्रकृति र बिरामी पनि बढेका छन् ।’

जब बिरामी ठिक भएर अङ्गाल्न आउँछन्

मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भएका धेरै विरामीलाई डा वझाले स्वास्थ्य जीवनमा फर्काएका छन् । परार्मश र औषधि उपचारबाट निको भएपछि बिरामीहरु जब डा वझालाई भगवान् भन्दै अङ्गालो हाल्न आउँछन् जब उनको मन प्रफूल्ल हुन्छ । डा वझा आफ्नो कर्मप्रति गर्व गर्छन् ।

‘पहिला मानसिक समस्याबाट पीडित भएर मृत्युको मुखसम्म पुगेर उपचारमा आएकाहरु परामर्श र औषधिले ठिक भएर स्वास्थ्य रुपमा बाँचिरहेका हुन्छन्, उनीहरु ‘डाक्टर साब तपाईले गर्दा मेरो जीवन बदलियो’ भन्दै अङ्गालो हाल्न आउँछन्,’ डा वझाले भने, ‘त्यस्ता पलहरु धेरै छन्, बिरामीले ‘तपाईलाई भेटेर जीवन परिवर्तन भयो’ भन्दै गरीब बिरामी देखि ठूला–ठूला मान्छेहरु समेत सम्मान भाव देखाउँछन्, तब मलाई खुसी लाग्छ ।’

उनले थपे, म भगवान् त होइन, मैले त बिरामीलाई तनाव वहन गर्न सिकाए, उसको तनावलाई कम गर्न सिकाएको थिएँ, तर उनीहरुले भगवान हो तपाईं भन्दै अँगालो हाल्छन्, खुसी लाग्छ ।’

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ४ : २८ बजे

इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँ: अध्यक्ष दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रचण्डको आशंका : फेरि संसद् विघटन गर्न खोजिँदै छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र

प्रधानमन्त्रीको प्रश्न- वन मन्त्रालयका कर्मचारी लर्को लागेर बाकु किन गएका ?

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सक्षम र

‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नै समस्याग्रस्त !

काठमाडौं – सहकारीमा देखिएका समस्या समाधान गर्दै पीडितलाई कसरी न्याय

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासकाबिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छ : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र