साताको शेयर बजार : एक अर्ब ५६ करोडको कारोवार « Khabarhub

साताको शेयर बजार : एक अर्ब ५६ करोडको कारोवार


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा यस साता पनि शेयर कारोवार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो ।

साताभर बजार ‘बियरिस ट्रेन्ड’ मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए । साताभरिमा नेप्से ३३.१९ अङ्कले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो ।

साताभर कूल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर रु एक अर्ब ५६ करोड तीन लाख ९९ हजार बराबरको कारोवार भयो । गत बिहीबार अर्थात् यही भदौ १९ गते नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरु भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । परिसूचक १२.६१ विन्दुले घटेर एक हजार १७८.४६ मा झ¥यो । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहन पुग्यो । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।

सोमबार पनि बजारको अवस्था उस्तै रह्यो । त्यस दिन कूल १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर रु २९ करोड ९२ लाखमा कारोवार भयो ।

साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २.२४ विन्दुले घटेर एक हजार १६६.६७ विन्दुमा झ¥यो । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद–बिक्री भए ।

बुधबार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोवार भयो ।

यस्तै साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा पर्‍यो । सो दिन नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद–बिक्री भए ।

नेपाल स्टक एक्सचेन्जले यसै साता विभिन्न २१ वटा धितोपत्र व्यवसायीलाई मार्जिन कारोवारका लागि अनुमति प्रदान गरेको छ । मार्जिन कारोवार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि ‘मार्जिन कारोवारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उनीहरुलाई उक्त अनुमति दिइएको हो ।

मार्जिन कारोवारका लागि कर्जा प्रवाह गर्ने अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले दिने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्ने स्टकको विश्वास छ । त्यस्तो सुविधाबाट धितोपत्र कारोवारमा विस्तार भई अर्थतन्त्र थप चलायमान हुने नेप्सेको भनाइ छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ५ : ५६ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको