कटुवा पेस्तोलसहित एक जना पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित एक जना पक्राउ


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट गएराति कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा ७. ६२ मिमि को दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा सोही जिल्लाको धनौजी गाउँपालिका २ बस्ने अन्दाजी ३२ वर्षीय मनिष मिश्र छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सोही जिल्लाको लोहनाबाट धनौजीतर्फ साइकलमा जाँदै गरेका निज मिश्रलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको एपीएफले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको एपीएफले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ३७ बजे

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)