१५ प्रश्नको उत्तर दिँदा करोडपति बने सनोज « Khabarhub

१५ प्रश्नको उत्तर दिँदा करोडपति बने सनोज


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘कौन बनेगा करोडपति’:  २०१९ को हट सिटमा बसेका जहानबादका सनोज रायलाई अमिताभ बच्चनले एक करोड रुपैयाँका लागि १५ औं प्रश्न गरेका थिए– भारतका कुन मुख्य न्यायाधीशका बाबु कुन राज्यको मुख्य मन्त्री बनेका थिए ?

सनोजले मलिन अनुहार बनाउँदै उत्तर दिए– रंजन गोगोई । उनले बताएको उत्तर ‘लक’ गरिएको थिएन । उनले आफ्नो बचेको अन्तिम लाइफ लाइन ‘आक्स टु एक्सपर्ट’को प्रयोग गर्ने निधो गरे । ‘अब बाँकी १६ औं प्रश्नका लागि लाइफ लाइन राखेर पनि काम छैन । त्यसैले अहिले नै प्रयोग गर्छु’ उनले भने ।

एक्सपर्टले पनि उनले भनेको उत्तरलाई नै भनिदिएपछि सनोजलाई झन सजिलो भयो । उक्त प्रश्नको सही जवाफ दिएपछि सनोज यो सिजनको पहिलो करोडपति बन्न सफल भए ।

सनोजले भने, ‘मैले जान्दाजान्दै पनि १५ औं प्रश्नमा लाइफ लाइनको प्रयोग गरेको थिएँ । किनकी यो प्रश्नपछि लाइफलाइनको कुनै औचित्य थिएन ।’

बिहारको जहानवाद जिल्ला, ढोंगरा गाँउका सानोज राय आइएएस (यूपीएससी)को परीक्षाको तयारीका लागि उनी दिल्लीमा थिए । उनले असिस्टेन्ट कमांडेटको परीक्षा समेत उत्तीर्ण गरिसकेका थिए । फाइनल सेलेक्सन पनि भइसकेको थियो । तर यो समयमा उनी मुम्बइमै छन् । सिजनको पहिलो करोडपति बनेसँगै उनको व्यस्तता बढेको छ । भारतीय मिडियाहरुले पनि उनलाई पछ्याइरहेका छन् ।

पश्चिम बंगालको वर्धमान युनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङको ‘बी टेक’मा डिग्री हासिल गरेका सनोजले यसभन्दा पहिले पनि जागिर गरिसकेका थिए । तर आईएएसको तयारीका लागि उनले त्यो जागिर छाडेका थिए ।

केबीसीमा एक करोड जितेपछि सनोज भन्छन्– ‘केही रकम आफ्नो तयारीका लागि लगाउँछु । बाँकी पैसा बाबालाई दिन्छु र भाइसँग पनि माग्नुपर्ने अवस्था आउँदैन अब ।’

पारिवारिक विषयमा सनोज भन्छन्, ‘हामी किसान परिवारका हौं, पिता अझै पनि किसानी गर्छन् । संयुक्त परिवार छ हाम्रो ।’

कौन बनेका करोडपति पाएको अवसरका विषयमा सनोज भन्छन्, ‘जब म १४–१५ वर्षको थिएँ, त्यसबेलादेखि केबीसी हेरिरहेको छु । लाग्थ्यो मलाई पनि एक दिन त्यो सिटमा बस्नु छ । अमिताभ मेरो एकदमै मन पर्ने कलाकार हुन् । मेरो चाहाना थियो- उनको सामुन्ने बस्न पाऊँ । पछिल्लो ८ वर्ष यता हरेक वर्ष केबीसीका लागि सहभागिता जनाउने कोसिश गरिरहेको थिएँ । यसपटक मौका मिल्यो । एकदम खुशी लाग्यो ।’

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ४४ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)