तरुण दल अध्यक्ष र महासचिवले गरे एकअर्कालाई सदस्यसमेत नरहेन गरि कारबाही « Khabarhub

तरुण दल अध्यक्ष र महासचिवले गरे एकअर्कालाई सदस्यसमेत नरहेन गरि कारबाही


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको विवाद उत्कर्षमा पुगेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गर्दैै पदबाट हटाएका छन् भने अध्यक्ष बस्नेतलाई महासचिव शाहीले पनि पदबाट हटाएको जनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

बस्नेतले शनिवार एक विज्ञप्ति जारी गर्दैै पार्टी र तरुण दलको आदर्श र सिद्धान्त विपरित गतिविधमा संलग्न भएको भन्दै महासचिव शाहीलाई हटाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘महासचिव जस्तो महत्वपूर्ण पदमा रहेर तपाईले आफ्नो पदीय मर्यादा, जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलनको आदर्श एवं सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्र मार्फत जानकारी गराइन्छ ।’

उक्त विज्ञप्ति सार्वजनिक भएको केही बेरमा महासचिव शाहीले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहेनेगरि एक वर्षका लागि निष्कासन गरिएको उल्लेख गरेका छन् ।

महासचिव शाहीले अध्यक्ष बस्नेतमाथि चारवटा आरोप लगाएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १० : २२ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु