तरुण दल अध्यक्ष र महासचिवले गरे एकअर्कालाई सदस्यसमेत नरहेन गरि कारबाही « Khabarhub

तरुण दल अध्यक्ष र महासचिवले गरे एकअर्कालाई सदस्यसमेत नरहेन गरि कारबाही


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको विवाद उत्कर्षमा पुगेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गर्दैै पदबाट हटाएका छन् भने अध्यक्ष बस्नेतलाई महासचिव शाहीले पनि पदबाट हटाएको जनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

बस्नेतले शनिवार एक विज्ञप्ति जारी गर्दैै पार्टी र तरुण दलको आदर्श र सिद्धान्त विपरित गतिविधमा संलग्न भएको भन्दै महासचिव शाहीलाई हटाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘महासचिव जस्तो महत्वपूर्ण पदमा रहेर तपाईले आफ्नो पदीय मर्यादा, जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलनको आदर्श एवं सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्र मार्फत जानकारी गराइन्छ ।’

उक्त विज्ञप्ति सार्वजनिक भएको केही बेरमा महासचिव शाहीले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहेनेगरि एक वर्षका लागि निष्कासन गरिएको उल्लेख गरेका छन् ।

महासचिव शाहीले अध्यक्ष बस्नेतमाथि चारवटा आरोप लगाएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १० : २२ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै