भन्सार छलेर भारतबाट ल्याइएका खसी नियन्त्रणमा « Khabarhub

भन्सार छलेर भारतबाट ल्याइएका खसी नियन्त्रणमा


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भन्सार छलेर नेपाल आयात गरिएका ६४ खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नम्बर ट्रकमा शुक्रबार राति कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार नियन्त्रणमा लिइएका खसी ८ हजार रुपैयाँ दरले पाँच लाख १२ हजार रुपैयाँ बराबरका छन्। आवश्यक अनुसन्धानपश्चात् ट्रक चालक कृष्णप्रसाद पराजुलीसहित बरामद् खसीसहित भन्सार कार्यालय नेपालगञ्ज पठाइएको छ।

नेपालगञ्ज नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ। सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको छ।

नेपालगञ्जस्थित पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाबाट खसीबोका तस्करी गरेर नेपालगञ्ज ल्याउने गरेको पाइएको छ।

अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो पक्राउ गर्ने गरेको छ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ११ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा