धुम्रपानको सेवनले लाग्ने रोग यी हुन् « Khabarhub

धुम्रपानको सेवनले लाग्ने रोग यी हुन्


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चुरोट, बिँडी, सिगार, हुक्का, कक्कड र सुर्ती सेवनलाई धुम्रपान भनिन्छ । सुर्तीमा स्वास्थ्यलाई असर पार्ने ४ हजार किसिमका रासायनिक पदार्थहरु हुन्छन् ।

ती मध्ये ४५ किसिमका रसायनलहरुले मानिसमा क्यान्सरको जोखिम बढाउँछ । सुर्तीमा पाइने निकोटिनजन्य रासायनिक पदार्थले मानिसको विभिन्न अंगहरुमा असर पुर्‍याउछ ।

धुम्रपान सेवनका कारण धेरै नेपालीले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानको सेवनले मानिसहरुमा २५ प्रकारका रोगहरु लाग्ने गर्छ । विश्वमा प्रतिवर्ष ५० लाखको मृत्यु धुम्रपानका सेवनले हुने गरेको तथ्यांक छ ।

विश्वमा प्रतिमिनेट १० जना मानिसको मृत्यु धुम्रपानका कारण हुने गर्छ । एक अध्ययनका अनुसार एक खिल्ली चुरोट सेवन गर्ने व्यक्तिको आयु ७ मिनेट कम हुन्छ ।

धुम्रपान सेवनले लाग्ने प्रमुख रोग यी हुन्

–फोक्सो, पेट, फियो, मुत्रनली र पाठेघरको क्यान्सर,

–दम, खोकी, ब्रोङ्काइटिस हुने,

–मुटुको रोग हुने,

–मस्तिष्कमा रक्तश्राव हुने,

–गर्भको बच्चा कमजोर, रोगी र अपाङ्गता हुने,

–काम गर्ने क्षमतामा कमी हुने,

–मानसिक स्वास्थ्यमा असर पर्ने ।

सुर्तीजन्य पदार्थमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्बनमनोअक्साइडले मानिसको रगत र मस्तिष्कमा असर पुर्‍याउँछ । जसकारण धुम्रपान गर्ने मासिनमा यसको लत बस्छ । लत बसेपछि धुम्रपान छाड्न गाह्रो हुन्छ ।

धुम्रपानको लतबाट कसरी बच्ने ?

–साथीभाइको दबाबमा नपर्ने,

–धुम्रपानले गर्ने असरबारे सोच्ने,

–धुम्रपान छुटाउन स्वास्थ्यकर्मीको सल्लाह लिने ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ४४ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले