रक्सीका लागि २५ हजारमा छोरालाई नै बेचेपछि…! « Khabarhub

रक्सीका लागि २५ हजारमा छोरालाई नै बेचेपछि…!


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ ।

एक बाबुले रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचेका छन् । घटना भारतको हो । ओडिसास्थित भद्रक सहरका एक जनाले आफ्नो एक वर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् ।

निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरिद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे ।

घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गरेको थियो । प्रहरीले ती बच्चाको सकुशल उद्दार गरेर आमालाई दिएका थिए ।

अदालतको आदेशमा बच्चा बेच्ने बाबु र उनका छिमेकीलाई जेल पठाइएको छ । बच्चा खरिद गर्नेले केही वर्ष पछि सडक दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए ।

उनले बच्चा खोजिदिनका लागि दलाल समेत लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले दलाललाई ४५ हजार भारु दिएको जनाएका छन् । तर दलाले २५ हजारमा बच्चा खरिद गरी २० आफै राखेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : १३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री