आजबाट अबकाश पाउँदै डा. केसी, बोलाए पत्रकार सम्मेलन « Khabarhub

आजबाट अबकाश पाउँदै डा. केसी, बोलाए पत्रकार सम्मेलन


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक-पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले आजबाट सरकारी सेवाबाट अबकाश पाउने भएका छन् ।

उमेरहदका कारण उनले अनिवार्य अवकाश पाउने भएका हुन् । आजबाटै अबकाश पाउने भएपछि डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी दिएका छन् । उनले सोमबार बिहान १० बजे महाराजगंजस्थित त्रिवि शिक्षण अवस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफ्नो एजेण्डालाई निरन्तरता दिने विषयमा जानकारी दिने बुझिएको छ । विगत सात वर्षदेखि चिकित्सा शिक्षामा सुधारको माग राखेर डा. केसीले आन्दोलन गर्दै आएका छन् ।

चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए। उनी वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : १२ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक