‘ब्लडप्रेसर लो’ भयो ? खानुहोस् यी १० चिज « Khabarhub

‘ब्लडप्रेसर लो’ भयो ? खानुहोस् यी १० चिज


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ब्लड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिनुपर्छ । खानपानले नै ब्लडप्रेसरलाई सुन्तलित राख्न सकिन्छ ।

सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा यहाँ केही टिप्स प्रस्तुत गरिएको छ–

हरियो सागसब्जी

हरियो सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरिरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

डार्क चक्लेट

डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।

बदाम

बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

बोसो नभएको मासु

यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

रसिलो पोषिलो झोल पदार्थ

क्वाटी अर्थात टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।

फलफूल

फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

कालो खाद्य पदार्थः

कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

अमिलो खाद्य पदार्थः

गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला, अमाला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

गहुँ

मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

लसुन

लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ ।
कतिपय मानिसहरुको हाइ ब्लड प्रेसर हुन्छ त कसैक लो ब्लड प्रेसर । यो दुवै अवस्था स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले ब्लड प्रेसरलाई नर्मल बनाउनका लागि हामीले आफ्नो खानालाई सन्तुलित बनाउनु जरुरी पर्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : ४८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६