स्काभेटरले पैदलयात्रीलाई किच्यो, एक जनाको मृत्यु « Khabarhub

स्काभेटरले पैदलयात्रीलाई किच्यो, एक जनाको मृत्यु


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ ।

स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नंको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

घटना राति घटेको र चालक फरार रहेकाले कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन ।

घटनाको अनुसन्धानबाट सबै कुरा तथ्यसहित छानबिन गरिने प्रहरीले जनाएको छ ।

उक्त स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ । स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : ३९ बजे

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते