खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा १२ जनाको मृत्यु « Khabarhub

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा १२ जनाको मृत्यु


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सोमवार विस्फोटनका कारण दुईतले घरसमेत  भत्किएको छ । घाइतेको उद्धारकार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घरको भग्नावशेषमा अरू मानिस पुरिएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

ठूलो विस्फोटनको आवाज सुनिएको र त्यसपछि उक्त घरमा आगो लागेको आफूले देखेको छिमेकीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएको बीबीसीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : ५५ बजे

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन