नेपालबाट चिनियाँ राष्ट्रपति सीले दिए ‘शरीरहरु कुल्चने’र ‘हड्डीहरु भाँच्ने’ चेतावनी ! « Khabarhub

नेपालबाट चिनियाँ राष्ट्रपति सीले दिए ‘शरीरहरु कुल्चने’र ‘हड्डीहरु भाँच्ने’ चेतावनी !


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनका राष्ट्रपति सी चिनफिङले चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन् ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । सी आइतबार नेपालबाट स्वदेश फर्किसकेका छन् ।

चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी सीले दिएको चीनको सरकारी टेलिभिजनले जनाएको छ।

हङकङमा लगातार सरकार विरोधी गतिविधि भइरहेपछि उनले आइतबार नेपालबाट यस्तो चेतावनी दिएका हुन् ।

नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कनु अघि प्रधानमन्त्री केपी ओलीसँगको भेटमा सीले चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्‍याउने वाह्य शक्तिलाई चिनियाँ जनताले समाप्त पार्ने बताएको सीसीटीभीले जनाएको छ ।

राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको बताएका समाचारमा जनाइएको छ । ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : २३ बजे

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन