नेपालबाट चिनियाँ राष्ट्रपति सीले दिए ‘शरीरहरु कुल्चने’र ‘हड्डीहरु भाँच्ने’ चेतावनी ! « Khabarhub

नेपालबाट चिनियाँ राष्ट्रपति सीले दिए ‘शरीरहरु कुल्चने’र ‘हड्डीहरु भाँच्ने’ चेतावनी !


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनका राष्ट्रपति सी चिनफिङले चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन् ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । सी आइतबार नेपालबाट स्वदेश फर्किसकेका छन् ।

चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी सीले दिएको चीनको सरकारी टेलिभिजनले जनाएको छ।

हङकङमा लगातार सरकार विरोधी गतिविधि भइरहेपछि उनले आइतबार नेपालबाट यस्तो चेतावनी दिएका हुन् ।

नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कनु अघि प्रधानमन्त्री केपी ओलीसँगको भेटमा सीले चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्‍याउने वाह्य शक्तिलाई चिनियाँ जनताले समाप्त पार्ने बताएको सीसीटीभीले जनाएको छ ।

राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको बताएका समाचारमा जनाइएको छ । ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : २३ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्