सवारी दुर्घटनामा परि एक हप्तामा अमेरिकामा ४ नेपालीको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परि एक हप्तामा अमेरिकामा ४ नेपालीको मृत्यु


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटनामा परी अमेरिकामा एक हप्तामा ४ नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

२४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा २२ वर्षीया सिर्जना विश्वकर्माको अवस्था गम्भीर रहेको र उनको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको स्थानीय समाचार संस्था डब्ल्युएमसएचले जनाएको छ । दुर्घटना तीन वटा गाडी एकआपसमा ठोक्किएर भएको थियो ।

यसअघि मंगलबार र बुधबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी महोत्तरीको बर्दिवासका विष्णुप्रसाद सापकोटा र कर्णबहादुर सुवेदीको मृत्यु भएको थियो ।

श्रीमतिसहित घुम्न निस्केका बेला बुधबार केन्टकीमा गाडीले ठक्कर दिँदा सापकोटाको मृत्यु भएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई युनिभर्सिटी अफ केन्टकी अस्पतालले मृत घोषित गरेको थियो ।

उनकी घाइते श्रीमति विमला सापकोटाको सोहि अस्पतालमा उपचार भइराखेको जनाइएको छ । उनको पनि अवस्था जटिल रहेको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ। त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार भएको दुर्घटनामा परी कर्णबहादुर सुवेदीको मृत्यु भएको छ । सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : ४४ बजे

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन