रौतहटमा गोली हानी एक युवकको हत्या « Khabarhub

रौतहटमा गोली हानी एक युवकको हत्या


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– रौतहटमा एक युवकको गोली हानी हत्या गरिएको छ ।

जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो ।

प्रहरीका अनुसार गोली हानी मारिएका व्यक्तिको पहिचान खुलेको छैन ।

इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब १ किलोमिटर नेपालतर्फ गोली चलेको थियो ।

स्थानीयका अनुसार ३ जना युवक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए । सँगै ३ जना युवकमध्ये १ जना मोटरसाइकलबाट ओर्लिएका थिए ।

मोटरसाइकलबाट ओर्लिएका व्यक्तिमाथि अन्य २ जनाले गोली प्रहार गरेका जनाइएको छ ।

गोली प्रहार गर्नेहरु मोटरसाइकल चढेर पुनः भारतर्फ गएको स्थानीयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले मारिने व्यक्ति भारतीय नै हुनसक्ने जनाएको छ । यद्यपि घटनाको सम्बन्धमा थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना