राजपाका सांसदद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड « Khabarhub

राजपाका सांसदद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जहाज ढिला आएको भन्दै संघीय संसदका १ जना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद रहेका साहले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन् ।

बिहान ११ः४० बजे आउने भनिएको जहाज दिउँसो १ः३० बजेसम्म पनि नआएको भन्दै साहले बुद्ध एयरको काउन्ट तोडफोड गरेका हुन् ।

उपचारका लागि जहाजमार्फत काठमाडौं लैजानुपर्ने बिरामीलाई जहाज आउन ढिलाइ हुँदा समस्या बढ्न थालेपछि आफूले बुद्ध एयरको काउन्टरका कर्मचारीसँग आक्रोश पोखेको साहको भनाइ छ ।

काउन्टर तोडफोड गरेपछि बुद्ध एयरले साहलाई जहाज प्रवेशमा निषेध लगाएको थियो । तर, पछि प्रमुख जिल्ला अधिकारीको पहलमा साहले बुद्ध एयरको विमानमार्फत नै काठमाडौं उड्न पाएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ४ : ३४ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही