आईसीसीको निर्णय स्वागतयोग्य– क्यान सचिव प्याकुरेल « Khabarhub

आईसीसीको निर्णय स्वागतयोग्य– क्यान सचिव प्याकुरेल



काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्ड बैठकले गरेको निर्णय स्वागतयोग्य भएको बताएको छ ।

सोमबार युएईमा बसेको बोर्ड बैठकले क्यानलाई शसर्त फुकुवा गर्ने निर्णय गरेसँगै क्यानका नव निर्वाचित सचिव अशोकनाथ प्याकुरेलले उक्त निर्णय नेपाली क्रिकेटका लागि स्वागतयोग्य भएको बताएका हुन् ।

‘आईसीसीको निर्णय स्वागतयोग्य छ । यो निर्णय अपेक्षित नै हो । अब हामीले जतिसक्दो छिटो आईसीसीका शर्तहरु पालना गरेर पूर्ण रुपमा फुकुवाको बाटोमा लाग्नेतर्फ सोच्नुपर्छ,’ खबरहबसँग कुरा गर्दै सचिव प्याकुरेलले भने,  ‘आईसीसीका केही शर्तहरु रहन्छन् । ती शर्तहरु हामीले जतिसक्दो छिटो पालना गर्नेतिर लाग्नुपर्छ ।’

क्यान पूर्णरुपमा फुकुवा नभएसम्म आगामी दिनमा आईसीसीसँगसँगै काम गर्दै अगाडि बढ्नु पर्ने प्याकुरलले बताए ।

‘यो अवधिमा हाम्रा लागि कसरी यसको सदुपयोग गर्दै छिटो भन्दा छिटो पूर्ण फुकुवामा लाग्ने तत्कालका लागि चुनौती छ,’ सचिव प्याकुरेलले भने,‘ यो निर्णयले अब क्यान निलम्बन छैन भन्ने कुरा स्पष्ट भएको छ ।’

सरकारी हस्तक्षेप र आर्थिक अपारदर्शितालाई कारण देखाउँदै आईसीसीले २०१६ मा क्यानलाई निलम्बन गरेको थियो ।

क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोक लगाइएको थिएन । क्रिकेटको अभिभावक संस्था क्यान निलम्बनमा रहेको अवस्थामा समेत नेपाली क्रिकेट टोलीले ४ बर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रि (ओडीआई) मान्यता पाउन सफल भयो ।

पूर्ण निलम्बन फुकुवाको दौरानमा रहेको क्यानका लागि नेपालले पाएको अस्थायी ओडीआई मान्यतालाई कसरी स्थायी बनाउने भन्ने समेत चुनौती रहेको छ ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले नेपाली क्रिकेटका लागि खुसीको खबर भएको प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘यो नेपाली क्रिकेटका लागि खुशीको समाचार हो, आईसीसीको निर्णय नेपाली क्रिकेटको आगामि यात्रा सहज नभए पनि बाटो खुल्ला भएको छ । आगामी दिनमा सवैले जिम्मेवारीबोध गर्दै अघि बढ्नुपर्छ ।’

आईसीसीले तत्कालका लागि के के शर्तहरु क्यानले पूरा गर्नु पर्छ भनेर खुलाएको छैन्। तर, पनि आजको आईसीसीको मिडिया रिलिलमा उसले दुई शर्त भने खुलाएको छ।

जसमा  पहिलो  एसोसिएट राष्ट्रहरुले पालना गर्नु पर्ने मापदण्ड र नियमहरु पालना गर्नु पर्ने र दोस्रो शर्तका रुपमा क्यानको फण्ड आईसीसीको नियन्त्रणमा रहने कुरा उल्लेख छ । अब निलम्बन पूर्ण फुकुवा नभएसम्म क्यानले शीर्षक अनुसार आइसीसीबाट आउने रकम पाउने छ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : १७ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय