जब मन्त्रीले सडकको तुलना हेमा मालिनीको गालासँग गरेपछि… « Khabarhub

जब मन्त्रीले सडकको तुलना हेमा मालिनीको गालासँग गरेपछि…


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको छत्तीसगढ सरकारका एक मन्त्रीले आफ्नो क्षेत्रको सडकको गुणगान गाउँदै हेमा मालिनीको गालासँग तुलना गरेर चर्चासँगै विवादमा तानिएका छन् ।

ती मन्त्रीले विधानसभा क्षेत्र कोटाको सडक आफूले  गुणस्तरीय र चिल्लो बनाएको भन्दै सडकलाई हेमा मालिनीको गालासँग तुलना गरेका हुन् ।

धमतरी जिल्लाको कुरुदमा गत मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै लखमाले भने, ‘हाम्रो क्षेत्रको सडक हेमा मालिनीको गालाजस्तै चिल्लो छ ।’

धमतरीका प्रभारी मन्त्री लखमाको भनाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘म प्रदेशमा मन्त्री बनेको केही महिना मात्रै भएको छ । नक्सल प्रभावित क्षेत्रको हुँ तर मैले त्यहाँ सडक बनाएँ, हेमा मालिनीको गाला जस्तै ।’

विवादित भनाइपछि चर्चामा आएका मन्त्री लखमाले कुरुदमा सडकको स्थितिमाथि दुःख व्यक्त गर्दै यसका लागि पूर्ववर्ती डाक्टर रमन सिंह सरकारमाथि निशाना पनि साँधे ।

उनले भने, ‘कुरुदको सडकमा पछिल्लो सरकारको भ्रष्टाचारका खाल्डा छन् ।  पूर्व सांसदहरु नै पूर्णरुपमा यसको जिम्मेवार छन् । उनको व्यवहारका कारण क्षेत्रको सडक खाल्डोमा परिवर्तन भएको छ ।’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : ५७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल