जब मन्त्रीले सडकको तुलना हेमा मालिनीको गालासँग गरेपछि... | Khabarhub Khabarhub

जब मन्त्रीले सडकको तुलना हेमा मालिनीको गालासँग गरेपछि…


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको छत्तीसगढ सरकारका एक मन्त्रीले आफ्नो क्षेत्रको सडकको गुणगान गाउँदै हेमा मालिनीको गालासँग तुलना गरेर चर्चासँगै विवादमा तानिएका छन् ।

ती मन्त्रीले विधानसभा क्षेत्र कोटाको सडक आफूले  गुणस्तरीय र चिल्लो बनाएको भन्दै सडकलाई हेमा मालिनीको गालासँग तुलना गरेका हुन् ।

धमतरी जिल्लाको कुरुदमा गत मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै लखमाले भने, ‘हाम्रो क्षेत्रको सडक हेमा मालिनीको गालाजस्तै चिल्लो छ ।’

धमतरीका प्रभारी मन्त्री लखमाको भनाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘म प्रदेशमा मन्त्री बनेको केही महिना मात्रै भएको छ । नक्सल प्रभावित क्षेत्रको हुँ तर मैले त्यहाँ सडक बनाएँ, हेमा मालिनीको गाला जस्तै ।’

विवादित भनाइपछि चर्चामा आएका मन्त्री लखमाले कुरुदमा सडकको स्थितिमाथि दुःख व्यक्त गर्दै यसका लागि पूर्ववर्ती डाक्टर रमन सिंह सरकारमाथि निशाना पनि साँधे ।

उनले भने, ‘कुरुदको सडकमा पछिल्लो सरकारको भ्रष्टाचारका खाल्डा छन् ।  पूर्व सांसदहरु नै पूर्णरुपमा यसको जिम्मेवार छन् । उनको व्यवहारका कारण क्षेत्रको सडक खाल्डोमा परिवर्तन भएको छ ।’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : ५७ बजे

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०