टिभीएसको अपाचे रेस ट्रयाकको लागि छनौट रेस सम्पन « Khabarhub

टिभीएसको अपाचे रेस ट्रयाकको लागि छनौट रेस सम्पन


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको लागि टिभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगीता सम्पन गरेको छ ।

यस छनौट चरण पार गर्न सफल भएका २५ जना टिभीएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन् ।

टिभीएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल जानकारी दिए ।

उनले भने, ‘हामी हाम्रो टिभीएस राइडरहरुलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न पनि दत्तचित्त हने गर्दछौं र त्यसैको एक उदाहरण यो मद्रास रेस ट्रयाक पनि हो । रेस ट्रयाकमा बाइक कुदाउने र त्यसबाट अन्तर्राष्ट्रिय अनुभव संगाल्ने नेपाली बाइक राइडरहरुको सपना रहने गरेको छ र हामी त्यही सपना पूरा गराउने कोशिस गरिरहेका छौं ।’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : २४ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी