उत्तर ध्रुवीय हावाका कारण अमेरिकाका धेरै ठाउँमा तापमान घट्यो « Khabarhub

उत्तर ध्रुवीय हावाका कारण अमेरिकाका धेरै ठाउँमा तापमान घट्यो


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी ध्रुवक्षेत्रबाट हावाको झोक्का आएका कारण नोभेम्बर महिनामै अमेरिकाका कैयौँ स्थानमा मध्य हिउँदयामको जस्तो हिउँ परेको र कैयौँ स्थानमा हालसम्मकै कम तापमान महसुस गरिएको बताइएको छ।

विभिन्न स्थानमा बाक्लो हिउँ झरेको बताइएको छ। कान्सास र इलिनोय राज्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। मौसम पूर्वानुमान गर्ने विज्ञहरूका अनुसार यो हप्ता सयौँ त्यस्ता रेकर्ड बन्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ।

खराब मौसमका कारण एक हजार भन्दा बढी हवाई यात्रा रद्द गरिएको छ भने सडक दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएको बताइएको छ। केही क्षेत्रमा विद्यालयहरू पनि बन्द गरिएका छन्।

नेसनल वेदर सर्भिसका अनुसार हावाको झोक्का समतल क्षेत्रबाट पूर्वी तटीय क्षेत्र तर्फ फैलिँदैछ जसकारण नोभेम्बर महिनामा समेत त्यस क्षेत्रका बासिन्दालाई ‘जाडो मौसम जस्तै’ अनुभूति हुन सक्ने त्यो निकायले चेतावनी दिएको छ।

सबैभन्दा कम तापमान गार्डेन सिटीमा मापन गरिएको छ जहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको बताइएको छ। शिकागोमा पनि हाल सम्मकै कम तापमान मापन गरिएको छ। शिकागोको तापक्रम सन् १९८६ को भन्दा कम रहेको बताइएको छ।

अमेरिका र मेक्सीकोबीचको सीमा नजिकै रहेको टेक्सस राज्यस्थित एउटा सहरमा दुर्लभ हिमपात भएको बताइएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : ३२ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको