मध्यरातमा ‘भूत’ बनेर तर्साउने सात जना प्रहरीको फन्दामा « Khabarhub

मध्यरातमा ‘भूत’ बनेर तर्साउने सात जना प्रहरीको फन्दामा


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रात परेपछि भूत बनेर सडकमा हिड्ने जो कोहीलाई तर्साउँदै आएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युट्युवमा पैसा कमाउने लोभमा भूतको भिडियो बनाउँदै आएका युवाहरुलाई स्थानीयको उजरीपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई पक्राउ गर्न प्रहरीले सीसीटीभी फुटेजको साहारा लिनु परेको थियो ।

घटना भारतको हो । एक युट्युव च्यानलका व्यक्तिहरु जब राति पर्छ ‘भूत’ बनेर सडकमा निस्किन्थे । उनीहरु सेतो लुगा लगाएर, माक्स लगाएर बाटोमा हिँड्नेहरुलाई तर्साउँथे । भिडियोमा देखिएअनुसार एक युवक सेतो कपडा र लामो कपाल भएको विग लगाएर राती ट्याम्पो र बाइकमा सवारहरुलाई तर्साइरहेको हुन्छन् ।

शान मलिक, निवाद, स्यामुअल मोहम्मद, मोहम्मद अख्यूब, शाकिब, सयैद नाबील, युसूफ अहमदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भिडियो यशवंतपुर रोडमा रहेको शरीफनगरमा सुटिङ गरिएको थियो । भिडियोमा देखिए अनुसार २०–२२ वर्षका युवक सेतो लुगा र कालो विग लगाएर निकै डरलाग्दो हाउभाउसहित सडकमा आइरहेको देखिन्छन् ।

बेंगलुरु नर्थ डिसीपी एस कुमारले भने, ‘युवकले जबरजस्ती बटुवालाई रोकिरहेका थिए र उनीहरुलाई तर्साइरहेका थिए । त्यसैले उनीहरुलाई पक्राउ गरिएको हो ।’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : २९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल