मध्यरातमा ‘भूत’ बनेर तर्साउने सात जना प्रहरीको फन्दामा « Khabarhub

मध्यरातमा ‘भूत’ बनेर तर्साउने सात जना प्रहरीको फन्दामा


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रात परेपछि भूत बनेर सडकमा हिड्ने जो कोहीलाई तर्साउँदै आएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युट्युवमा पैसा कमाउने लोभमा भूतको भिडियो बनाउँदै आएका युवाहरुलाई स्थानीयको उजरीपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई पक्राउ गर्न प्रहरीले सीसीटीभी फुटेजको साहारा लिनु परेको थियो ।

घटना भारतको हो । एक युट्युव च्यानलका व्यक्तिहरु जब राति पर्छ ‘भूत’ बनेर सडकमा निस्किन्थे । उनीहरु सेतो लुगा लगाएर, माक्स लगाएर बाटोमा हिँड्नेहरुलाई तर्साउँथे । भिडियोमा देखिएअनुसार एक युवक सेतो कपडा र लामो कपाल भएको विग लगाएर राती ट्याम्पो र बाइकमा सवारहरुलाई तर्साइरहेको हुन्छन् ।

शान मलिक, निवाद, स्यामुअल मोहम्मद, मोहम्मद अख्यूब, शाकिब, सयैद नाबील, युसूफ अहमदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भिडियो यशवंतपुर रोडमा रहेको शरीफनगरमा सुटिङ गरिएको थियो । भिडियोमा देखिए अनुसार २०–२२ वर्षका युवक सेतो लुगा र कालो विग लगाएर निकै डरलाग्दो हाउभाउसहित सडकमा आइरहेको देखिन्छन् ।

बेंगलुरु नर्थ डिसीपी एस कुमारले भने, ‘युवकले जबरजस्ती बटुवालाई रोकिरहेका थिए र उनीहरुलाई तर्साइरहेका थिए । त्यसैले उनीहरुलाई पक्राउ गरिएको हो ।’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : २९ बजे

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम