सवारी दुर्घटनामा एकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु


२८ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा६६प २९६५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना आज बिहान साढे २ बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ८ : ५६ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि