तीन गाउँपालिकाबीच भगिनी साइनो « Khabarhub

तीन गाउँपालिकाबीच भगिनी साइनो


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- जिल्लाको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन् ।

ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गरे।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको विशेष उपस्थितिमा भगिनी सम्बन्ध स्थापना तथा घोषणा गरिएको थियो । सो अवसरमा मन्त्री लम्सालले गाउँपालिकाहरुबीच सिकाइ र अनुभव आदान–प्रदानमा मितेरी साइनो फलदायी हुने विश्वास व्यक्त गरे ।

‘सकारात्मक र राम्रा कामको अनुशरण र प्रसार गर्न भगिनी सम्बन्ध एउटा माध्यम बन्नेछ’, उनले भने, ‘आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा पनि यसले मद्दत पुर्‍याउँछ ।’

गाउँपालिकाहरुबीच पहिलोपटक भगिनी सम्बन्ध स्थापना भएको भन्दै देशका अन्य गाउँपालिकाहरु यसतर्फ प्रेरित हुने उनको भनाई छ। मितेरी साइनो नेपाली समाजको परम्परा र संस्कृतिसँग जोडिएको भन्दै उहाँले यसबाट जनताको तहमा समेत सम्बन्ध अभिवृद्धि हुने बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापामगरले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृतिलगायतका क्षेत्रको प्रवद्र्धनका लागि त्रीपक्षीय समझदारी भएको बताए । ‘पहाडकी रानी भनेर चिनिने बन्दीपुरदेखि मितेरी सम्बन्ध गाँस्न ताराखोला आएका छौँ’, उनले भने, ‘अब हामीबीच आर्थिक, सामाजिक, सांस्कृतिक, सम्बन्ध सुदृढ हुनुका साथै सहयोगको आदान–प्रदान हुनेछ ।’

धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले भगिनी साइनोले जनस्तरमा पनि सम्बन्ध विस्तार हुने बताए । तत्कालीन धुर्कोट राज्यका राजा र बन्दीपुरकी रानीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले ठूलो महत्व राख्ने बताए ।

पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले भगिनी सम्बन्ध औपचारिकतामा मात्र सीमित नभई कामयावी र फलदायी हुनुपर्ने बताए ।

भगिनी सम्बन्ध स्थापना कार्यक्रममा तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकारलगायतको सहभागिता थियो । ताराखोला गाउँपालिका–२ अर्गलमा प्रचलित ऐतिहासिक भुस पोल्ने पर्वको अवसर पारेर भगिनी सम्बन्ध जोडिएको हो । स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनका हिसाबले तीनवटै गाउँपालिका अघि छन् । ताराखोला र बन्दीपुर गण्डकी प्रदेशमा परे पनि धुर्कोट गाउँपालिका भने प्रदेश नं ५ मा पर्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ४६ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का